काठमाडौँ । अमेरिकाको एट्लाण्टा सहर निवासी गायक चन्द्र लावारले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘किन होला’ सार्वजनिक गरेका छन्।

प्रेमिल शैलीको यस गीतलाई प्रसिद्द संगीतकर्मी तथा गायक सुरेश कुमार क्षेत्रीले संगीतवद्द गरेका हुन्। गीतमा शब्द अमेरिकामा रहेका गीतकार गोपाल क्षेत्रीको रहेको छ भने राजन तामाङको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा डिमोन क्षेत्री र सिर्जना जिसीबीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। राम कुमार केसीले छायांकन गरेको यस भिडियोलाई विवेक सुनारले सम्पादन गरेका हुन्। विवेक दत्त मंगेश सहायक निर्देशक रहेको यस भिडियोलाई राजिव समरको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो।

गायक लावारकी सुपुत्री सान्वी लावारको जन्मदिनको शुभअवसर पारेर ‘चन्द्र लावार’ च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। निर्माण टिमले सम्पूर्ण दर्शक, स्रोता तथा मिडिया हाउसलाई भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन्।

भिडियो लिंक:

तपाईको प्रतिक्रिया