काठमाण्डौ बैशाख १९ । नेपाली संगीतको क्षेत्रमा सबै भन्दा महंगी गायिकाको रुपमा परिचित लोकप्रिय गायिका बिष्णु माझीको सुमधुर स्वरमा एक गीत भर्खरै बजारमा आएको छ । उक्त गीत सबिता कार्कीको प्रस्तुतिमा “नरोउ सुकुसुकु” बोलको रहेको छ । गीतमा कमल सुशान्त के.सि को पनि सुमधुर स्वर सुन्न सकिन्छ । सबिता कार्कीको यस प्रस्तुतिलाई पछिल्लो समयमा अशंख्य श्रोता तथा दर्शकहरुले चाहेको नै सांगीतिक सुमगंध प्रदान गर्न खोजिएको छ ।

सर्जक तथा मोडल सविताले यस अगी पनि थुप्रै गीतहरु बजारमा ल्याएर आफ्नो कलाकारिता यात्रालाई उचाई तर्फ लम्काईसकेकी छिन् । भर्खरै सार्बजनिक भएको गीतलाई सबिता कार्कीले नै शब्द कोरेकी हुन् भने लय कमल सुशान्त केसीले भएका छन् । गीतको म्युजिक भिडियोमा पुष्प खड्का र सबिता कार्कीको अभिनय रहेको छ । मोडल तथा शर्जक सविताले प्रायजसो आफ्नै लगानीको गीतहरुमा अभिनय गर्ने गर्दछिन् ।

“नरोउ सुकुसुकु” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन समिर थोकरले गरेका हुन् भने छायांकन अजय रेग्मी र सम्पादन दिपक विष्टले गरेका छन् । गीतमा स्मृति शाही, संजिता श्रेष्ठ, रोशन गैह्रे र गोबिन्द अनेकको पनि स्वर मिश्रण रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया