नेपालमा कोरोना संक्रमण दर दिनानु दिन बढेसँगै अभिनेत्री वर्षा शिवाकोटीले चिन्ता व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जालमा फेसबुकमार्फत स्टाटस लेख्दै घरमा नै बसेर नियमित व्यायाम गरेर शारीरिक र मानसिक रुपमा तन्दुरुस्त रहन आग्रह सुझाव दिएकी छन् ।
उनले लेखेकी छन्, ‘घरभित्रै बसौं, घरकै स्वास्थयकर खाना खाऔँ, नियमित व्यायाम गरौं, शारिरीक तथा मानसिक रूपमा तन्दुरुस्त रहौं । सामान्य रूघालाई घरमै घरेलु उपचारबाट निको पारौँ । नियमित रूपमा तातो पानी खाऔँ ।’

उनले सरकारले लगाएको लकडाउनको पालना गरेर कोरोना संक्रमित हुनबाट बच्न आग्रह गरेकी छन् । उनले अगाडी लेखेकी छन्,‘विश्व माहामारीको रूपमा फैलिएको कोभिड–१९ को संक्रमण नेपालमा पनि द्रुत गतिमा बढ्दै गर्दा नेपाल सरकारले जारी गरेको निषेधाज्ञाको सबैले पालना गरौँ ।’
कोरोना संक्रमित दैनिक ५ हजार भन्दा माथी हुन थालेपछि चिन्तित बनेकी वर्षाले अत्यावश्यक बाहेक बाहिर नस्किन सुझाव दिएकी छन् ।
उनले अत्यमा लेखेकी छन्,‘अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कनु होला। निस्कनु परेमा माक्स तथा सेनिटाईजर प्रयोग गर्नुहोला। कुनै पनि शंकाजनक लक्षण देखिएमा परिवारका सदस्यहरु भन्दा पर बस्नुहोला। स्वास्थ्य जटिल बन्दै गएमा मात्र अस्पताल जानुहोला । यो लकडाउको समयलाई भार हैन आभार सम्झनुहोला । आज सजक भयौं भने भोलि सहज हुन्छ’

तपाईको प्रतिक्रिया