काठमाडौं : चाहे परिस्थिति जस्तोसुकै किन नहोस् नेपाली कलाकारहरूले आफ्नो परम्परा झल्काउने सिर्जनालाई भने निरन्तरता दिइनै रहेका छन्। यो कोरोना महामारीको बीचमा पनि कलाकारहरूले मातातीर्थ औंसीको अवसरमा आमालाई स्मरण गर्न बिर्सेका छैनन्। यही अवसर पारेर गायक प्रवीण राजथलाले ‘आमा’ बोलको गीत सार्वजनिक गरेका छन्।

गीतमा प्रवीणकै शब्द र संगीत छ भने गोपाल बराइलीको एरेन्ज र चन्द्र चौधरीको मिक्सिङ छ। गीतको भिडियोमा प्रवीण, सवी वज्राचार्य चौलागाईं र सम्मन चौलागाईं फिचर्ड छन्।

भिडियोमा रामकुमार केसी र सुदीप शर्माको छायांकन, टेकेन्द्र शाहको सम्पादन तथा कलर र सत्यराज चौलागाईंको निर्देशन छ। भिडियोकी निर्मात्री एलिजा महर्जन हुन्। यो गीत सम्पूर्ण आमाहरूमा समर्पण गरिएको छ।

भिडियो

तपाईको प्रतिक्रिया