म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ पुनथोकका धजेन्द्र पुनको हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । २०७८ बैशाख १४ गते देखि हराउनुभएका धजेन्द्र पुनको २५ गते सोही पुनथोकको मार्चुला सामुदायीक बनको बराहथान स्थित ढुङ्गाको चेप (ओडार) भित्र गाडिएको अवस्थामा शव फेला परेको थियो । हत्यामा संलग्न पाँच जनालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक श्यामकुमार राईका अनुसार देविस्थान घर भई हाल कास्कीको पोखरामा बस्न २१ बर्षिय भेषबहादुर बिक र रामबहादुर परियारले अन्य तीन जनाको सहयोगम पुनको हत्या गरेको स्विकार गरेका छन् ।

तपाईको प्रतिक्रिया