मलाई सियो र सर होइन
तिमी र घर चाहिन्छ
मलाई म्याम र मिस्टर होइन
ब्रदर र सिष्टर चाहिन्छ
मलाई सम्मानको हजुर होइन
माया र सफलताको गजुर चाहिन्छ
मलाई मम,डयाड र सोम होइन
माता पिता र ॐ चाहिन्छ
मैले पितृ बाट सिकेको छु
त्यस्तै मृदुल भाषा चाहिन्छ
तिमीले साडि र कोट फेरे
केही छैन मलाई
तर भाषा र सस्कृति फेर्न
कहाँ पाइन्छ ?
मलाई पर आश्रय र सव्यताको ढोंग होइन
स्वबलम्बी र उद्धार सस्कृतिको रंग चाहिन्छ
अभावको लालच देखाई धार्मिक हुने कुष्ठा होइन
खरिद विक्री र त्रास्द्धीको बाहेक
हर धर्म श्रेय छ मलाई
तिम्रो शब्दहरुमा निर्ममता होइन प्रेमको उकण्ड चाहिन्छ
मेरो धर्मका हरेक ऋिचा ,स्लोक र सार हरुमा
आमाको स्तनपानको सरसता छ प्रिय
यो धर्मको मर्म बुझेर पिउने कण्ठ चाहिन्छ ।

तपाईको प्रतिक्रिया