घाटामा चलिरहेको उदयपुर सिमेन्टले सय दिनमा चमत्कार गरेको छ । माछापुच्छ्रे बैंक सञ्चालक गोपी न्यौपाने बैंकको सञ्चालक पद छोडर उदयपुर सिमेन्टको महाप्रबन्धक बनेपछि उदयपुर सिमेन्ट उद्योगले चमत्कारिक नाफा कमाएको हो । न्यौपानेको सय दिनको कार्यकालमा उद्योगले ४९ करोड रुपैयाँ आम्दानी गरेको छ ।

माघदेखि चैतसम्म उदयपुर सिमेन्ट उद्योगले ६ करोड ६० लाख १७३ बोरा सिमेन्ट बिक्री गरेको छ ।

बजारमा अत्याधिक माग रहेको गैंडाछाप सिमेन्टको उत्पादनलाई तीव्रता दिईएको र उद्योगबाट एकै दिनमा १७ हजार ३६४ बोरासम्म गैंडाछाप सिमेन्ट बिक्री भएको छ । त्यो दिन उद्योगलाई १ करोड २९ लाख ५० हजार रुपैयाँ आम्दानी भएको थियो । एकैदिन यति धेरै सिमेन्ट बिक्रि भएको २०५५ साल पछिकै सबैभन्दा ठूलो परिमाण हो ।

अल्पकालिन र दीर्घकालिन योजना बनाएर काम सुरु गरेको प्रतिफल देखिन थालेकोमा न्यौपाने खुशी छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सिफारिसमा गत पौषमा मन्त्रीपरिषद बैठकले न्यौपानेलाई महाप्रबन्धकमा नियुक्त गरेको थियो ।

२०४४ सालमा जापान सरकारको सहयोगमा यो उद्योग स्थापना भएपनि जापान सरकारले २०५१ सालमा मात्रै नेपाललाई हस्तान्तरण गरेको थियो ।

तपाईको प्रतिक्रिया