बलिउड अभिनेत्री कंगना रनौतका अंगरक्षक कुमार हेगडे प्रहरीको पक्राउ परेका छन् । हेगडेलाई उनको घर कर्नाटकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । एक महिलालाई विवाह गर्छु भनेर यौन सम्पर्क गरेको तर पछि धोका दिएको आरोपपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पीडित महिलाले आरोपमा हेगडेले उनीसँग ५० हजार ठगेको पनि उल्लेख गरेकी छिन् । ती महिलाले मुम्बई प्रहरीमा दिएको उजुरीको आधारमा प्रहरीले शनिबार उनको गाँउमै गएर पक्राउ गरेको हो । ३० वर्षीय उक्त ब्युटिसियन महिलाकाअनुसार उनले हेगडेलाई गतवर्ष जुनमा चलचित्र छायांकनको क्रममा भेटेका थिए ।

तपाईको प्रतिक्रिया