काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्तिको बलियो जग बसालेका विवेकशील पार्टीका नेता उज्वल थापाको निधन भएको छ ।

नेता थापाको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको हो । मेडिसिटी अस्पतालले उनको निधनको पुष्टि गरेको छ।

४४ वर्षे थापा कोरोना भाइरसको संक्रमण भएपछि उनलाई सुरुमा ह्याम्स अस्पतालमा राखेर उपचार गरिएको थियो ।

त्यसपछि ग्राण्डी अस्पताल हुँदै उनलाई गएको शुक्रबार ललितपुरको मेडिसिटी अस्पताल ल्याइएको हो । एकमो थेरापीबाट मेडिसिटीमा उपचार हुँदै गर्दा सोमबार उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो, तर डाक्टरहरुले स्वास्थ्य अवस्था निकै जटिल रहेको बताएका थिए ।

उनको उपचारकै क्रममा सोमबार दिउँसो निधन भएको हो।

तपाईको प्रतिक्रिया