मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अन्नको पनि लाभ मिल्न सक्छ । आज तपाइको धन लाभको योग छ । पढाइमा प्रगति होला । साथै, दिन खुशी साथ बित्ने छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
धन कमाउने बाटाहरुको थालनी हुने दिन छ । सोचेका काममा सफलता पनि मिल्नेछ । आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आज तपाइको कहीं टाढाको यात्रा हुने दिन छ । परिवारमा खुशिको माहोल छाउनेछ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
दैनिक प्रयोगको सामान बिग्रनाले अर्थ हानी हुन सक्छ । शरिरमा रोगले पनि सताउने दिन छ । स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ । टाढाको यात्रा आज नगर्नु होला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । तर, सोचेको काममा भने बाधा बेहोर्नु पर्ला । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्रन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
बन्द व्यापारबाट लाभ मिल्नेछ । स्वास्थ्यमा कुनै समस्या देखिने छैन । पढाइमा सफलता मिल्ने दिन छ । कमाइ सोचे अनुरुप हुनेछ । पठन पाठनमा पनि प्रगति हुनेछ । सन्तानबाट खुशीको समाचार सुन्न पाइएला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आज तपाइलाई काम गर्न मन लाग्नाले मनमा खुशी मिल्नेछ । आफन्तले पनि काममा साथ दिने छन् । आज कुनै नँया कामको थालनी गर्नु भए राम्रो हुनेछ । काममा जोश र जाँगर बढ्ने देखिन्छ, दिन एकदमै राम्रो छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
हात हतियारबाट जोगिएर काम गर्नुहोला । छरछिमेकसँग सामान्य मनमुटाव पर्ने देखिन्छ । अनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन, होस पुर्याउनु होला । कुसैसँग झगडा पनि हुन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आज तपाइको कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ । जागिरमा केही अल्छिपन छाउनेछ । मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ । ब्यापार तथा जागीरमा दिन ठिकै छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पराक्रम बढनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । पढाइमा भने मन नजाला । चल अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । यात्राको पनि योग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
प्राय सबै कामहरू बन्नेछन् । काममा साथ सहयोग पनि पाइनेछ । आर्थिक लाभ हुने दिन छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, मन त्यसै शान्त हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बैदेशिक कार्यमा असफल भई दुख पाउने योग छ । भाग्यले साथ दिनेछैन, धनको नाश पनि होला । खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । साथै, परिवारमा पनि समस्या आउनेछ ।

तपाईको प्रतिक्रिया