चर्चित टिभी सो ‘कसौटी जिन्दगी की’को कलाकार प्राचिन चौहानलाई मुम्बईको प्रहरीले पक्राउ गरेको छ ।

चौहानलाई युवतीलाई घोचपेच गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

कलाकार चौहानविरुद्ध एक युवतीले घोचपेच गरेको आरोप लगाउदै मुद्दा दायर गरेकी हुन् ।

यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

चौहानले एकता कपुरको ‘कसौटी जिन्दगी की’ को टिवी सिरीयलबाट टिवी इडस्ट्रिीमा प्रवेश गरेका थिए ।

शो मा उनले सुब्रतो बसुको भुमिका निभाएका थिए । यसपछि भने उनले धेरै सिरीयलमा काम गरेका छन् ।

केही दिन पहिले एकता कपुरको शो ‘नागिन’ का कलाकार पर्ल वी पुरीलाई पनि प्रहरीले नाबालिगमाथि दुष्कर्म गरेको आरोपमा पक्राउ गरेको थियो । उनी धरौटीमा रिहा भएका छन् ।

तपाईको प्रतिक्रिया