नायिका तथा निर्माता जेनी कुँवरको मृत्यु अघि लेखेकाे (सुसाइड नोट) फेला परेकाे छ ।

उनकाे मृत्युबारे अनुसन्धान भइरहेको प्रहरी वृत्त नयाँ वानेश्वरले जनाएको छ ।

बिहीबार राति ८.०० बजे काठमाडौंको थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा नायिका कुँवरले झुण्डिएकाे अबस्थामा मृत फेला परेको थिइन्।

नायिका कुँवरको शव फेला परेको ठाउँमा प्रहरीले पत्र (सुसाइड नोट) भेटेको प्रहरी वृत्त नयाँ वानेश्वरले जनाएको छ ।

उक्त पत्रमा ‘मेरो मृत्युमा कसैको दोष छैन । प्रहरीले पनि सोही हिसाबले हेर्नुहोला,’ भनि लेखिएको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त नयाँ वानेश्वरका अनुसार पत्रमा आत्महत्या गर्नुको कारण लामो समयदेखि बिरामी रहेको, मानसिक अवस्था ठीक नभएको र जति औषधिले पनि केही काम नगरेको उल्लेख छ ।

डेढ पृष्ठ लामो सुसाइड नोट कुँवर आफैंले लेखेकी हाे वा होइन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

यद्यपी प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको खुलेको र घटनाबारे मुचुल्का उठाएर नायिका जेनी कुँवरको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको प्रहरी वृत्त नयाँ वानेश्वरले जनाएको छ ।

नायिका जेनि पछिल्लो समय साधुको अवतारमा पशुपति मन्दिर परिसरमा बिताउने गर्थिन् । पशुपति परिसरमै प्रहरीसँग लफडा गरेर जेनी युट्यूवमा भाइरल भएकी थिइन् ।

तपाईको प्रतिक्रिया