काठमाडौँ : युवा ब्यबसायी पवन कुमार अग्रवाल तरुण बिभागको उधोग बाणिज्य तथा ब्यापार ब्यबसाय समन्वय समितिको सदस्यमा नियुक्त भएका छन् । बिगत लामो समय देखि पार्टि संगठनमा सक्रिय भूमिका निर्बाह गर्दै युवाहरुको प्रतिनिधित्व गरि उधोग बाणिज्य तथा ब्यापार ब्यबसायमा उल्लेखनिय कार्य गरेको उच्च मुल्यांकन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य पूर्व मन्त्रि तथा तरुण बिभाग प्रमुख शंकर भण्डारीले एक समारोह बीच ब्यबसायी अग्रवाललाइ मनोनयन गरेका छन्।

उक्त अबसरमा उधोग बाणिज्य तथा ब्यापार ब्यबसाय क्षेत्रमा तरुण बिभागको संगठन बिस्तारमा आगामी दिनहरुमा अग्रणी भूमिका निर्बाह गर्दै तरुण बिभागको बिधि तथा विधानमा रही पार्टीको हकहितमा काम गर्नेमा तरुण बिभाग प्रमुख शंकर भण्डारीले आफु बिश्वस्त रहेको बताएका छन्।

बिगत लामो समय देखि ब्यापार ब्यबसाय उधोग संचालन गर्दै आएका तरुण नेता पवन अग्रवाल देशभर हुने मेला महोत्सब समेत आयोजना गर्दै आएका छन्। आगामी दिनमा पार्टीको बिधान अनुसार संगठन बिस्तार गर्दै आफ्नो क्षेत्रको हकहितमा लाग्ने तरुण नेता पवन अग्रवाल बताउछन।

तपाईको प्रतिक्रिया