काठमाडौँ – ३९औं बिपि स्मृति दिवसको अवसरमा गृहमन्त्री मन्त्री बालकृष्ण खाँड बाडेगाउ स्थित किसुनजि आश्रममा पुग्नु भयो। उहाँ सगै नेपाली काङ्ग्रेसका प्रभावशाली नेता तथा संविधानसभा सदस्य रामहरी खतिवडा, ने.का महासमिति सदस्य एवं नेपाली काङ्ग्रेस केन्द्रिय तरुण बिभागका सचिब श्याम प्रसाद पनि उपस्थित हुनुहुन्थ्यो।
उक्त कार्यक्रम उपस्थित नेताहरुले सन्त नेता स्वर्गीय कृष्ण प्रसाद भट्टराई (किसुनजि)को पुर्ण कदको शालिकमा माल्यार्पण गर्दै नेपालमा प्रजातन्त्र प्राप्तिका लागि महामानव बिपि कोइराला र सन्तनेता किशुनजिको योगदानको स्मरण गर्नु भयो।
कार्यक्रमको समापनमा वृक्षारोपण गरिएको थियो।










