काठमाडौँ – नेपाली कला संस्कृति र चलचित्रको क्षेत्रमा २०५२ साल देखि कार्यरत संस्था परिवर्तन नेपालले यस बर्ष पनि बिगतमा झै गुरू पुर्णिमामा हवन सहितको कार्यक्रम गरेको छ । कोभिडको कारणले सिमित कलाकारहरूको उपस्थितिमा गुरू पुर्णिमा मनाईएको अभिनेता बिनोद श्रेष्ठले बताउनु भयो । नेपाली रजतपटमा देखिएका अधिकांस नाटक,नृत्य र चलचित्रका कलाकारहरूले परिबर्तन नेपालबाट प्रशिक्षण लिएर आफ्नो क्यारियर बनाएका छन ।

बिगतमा परिवर्तन नेपालले गुरू पुर्णिमाको अबसरमा बिशेष कार्यक्रमको आयोजना गर्ने गरेको थियो । आजको गुरू पुर्णिमाको कार्यक्रममा विशिष्ट चलचित्र कर्मी तथा परिवर्तन नेपालका केन्द्रिय अध्यक्ष मोहन निरौलाको अगुवाईमा भएको हवनमा अभिनेत्री सपना श्रेष्ठ,अभिनेताहरू बिनोद श्रेष्ठ,आशान्त शर्मा,रामकाजी घिमिरे,शेखर खनाल ,यम जिसी,कलाकार मीना पुरी,कृष्ण थापा लगायत परिवर्तनमा प्रशिक्षण लिईरहेका प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

परिबर्तन नेपालसंग आबद्ध रहेका र प्रशिक्षण लिएका कलाकारहरूले बिशिष्ट चलचित्रकर्मी मोहन निरौलालाई गुरू पुर्णिमामा गुरूको बिम्वको रूपमा आदर गर्ने गरेको अभिनेता बिनोद श्रेष्ठले बताउनु भएकोछ ।

तपाईको प्रतिक्रिया