काठमाडौं : रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर रविभवनले आयोजना गरिएको “रोज ब्युटिसियन श्रावन क्विन-२०७८” को उपाधि व्युटिसियन भावना बिष्टले जितेकी छिन् । रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरले २० जना भन्दा व्युटिसियनहरुबीच गरेको कार्यक्रम काठमाडौंको रविभवनमा रहेको रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरको प्रेक्ष्यालयमा “रोज ब्युटिसियन श्रावन क्विन-२०७८” आयोजना सम्पन्न गरेको थियो ।

रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकि अध्यक्ष एवं बरिष्ट सौन्दर्यबिद सोनी कारञ्जित र रोज सिप विकाश तामिल केन्द्रकी प्रबन्ध निर्देशक तथा नेपालको कस्मेटिक साईन्समा अध्यनरत पहिलो नेपाली विधार्थी परिसी कारञ्जितले बिजेतालाई क्राउन तथा स्यासे लगाईदीइन भने गिफ्ट समेत प्रदान गरिएको थियो।

श्रावन महिना हरियो कलरको मौसम, महिलाहरु हरियो साडी, हरियो पोते, चुरा सहित हातमा मेहेन्दी लगाउने गर्दछन। तसर्थ यहि कुराहरुलाई मध्यनजर गर्दै प्रतियोगिताको निर्णायकमा रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकि अध्यक्ष एवं बरिष्ट सौन्दर्यबिद सोनी कारञ्जित, संचारकर्मी तथा कलाकार सुर्य चन्द र बरिष्ट सौन्दर्यकर्मी रचना शाक्यले बिजेता चयन गरेका थिए ।

रोज सिप विकाश तामिल केन्द्र मार्फत महिला दिदीबहिनीहरुलाई शिप सिकाएर आत्मानिर्भर बनाउनको साथै यस्तै धेरै कार्यक्रमहरु आयोजना गरि महिला दिदीबहिनीहरुको आत्माबल उच्च पार्दै सामाजिक कार्यमा समेत सक्रिय बनाउदै लागेको अध्यक्ष्य सोनी कारंजितले बताइन ।

उक्त कार्यक्रममा सौन्दर्यकर्मीहरु लिना डंगोल, नविना अधिकारि, दिब्या सैंजु, गीता मगर, श्रीजना कुँवर, मिना पौडेल, ममता शाह, रिमा लामा, सुनिता राना, अनु श्रेष्ठ, सोनु क्षेत्रि, सुधा बिश्वाकर्मा, पुजा घोतानी, नविना राजथला, शान्ति कुमारी तामाङ र देबी महर्जनको प्रतिश्प्रधा रहेको थियो।

रोज सिप विकाश तामिल केन्द्रकी प्रबन्ध निर्देशत तथा कस्मेटिक साईन्स अध्ययनरत पहिलो नेपाली बिद्यार्थी परिसी कारञ्जितले आफ्नो आमा सोनी कारञ्जितको प्रेरणामा अब ईन्डियामा पढाई सकेर नेपाल आई अन्तराष्ट्रिय स्तरको कस्मेटिक सामाग्रीहरु उत्पादन नेपालबाटै गर्ने प्रतिबद्धता जनाईन् भने आफ्नै देशमा उधोग स्थापना गरि धेरै भन्दा धेरै रोजगारीको अवसर सिर्जना गरि नेपाली युवाहरुलाई सक्षम बनाउने जानकारी गराईन ।

सोहि अबसरमा अपिलाईफ ईण्टरनेशनल प्रालिले आयोजना गरेको दुइ दिने सेमिनार गोष्टिमा सहभागी सौन्दर्यकर्मीहरुलाई प्रमाणपत्र वितरण गरेको थियो भने बिजेतालाइ गिफ्ट समेत प्रदान गरेको कुरा कम्पनिको प्रतिनिधि ओम पुनले जानकारी गराएका छन्। अपिलाईफ ईण्टरनेशनल प्रालिले अपिस पावर ब्राण्डको प्रबर्धन गर्दै आएको छ।

तपाईको प्रतिक्रिया