रुपन्देही – राष्ट्रिय मानव अधिकार प्रतिष्ठान रुपन्देही द्वारा कोभिड महामारी, बाडी पहीरो साथै बिबिध कारणले प्रभावित अति बिपन्न घर परिबारलाई क्षणिक राहत स्वरुप खाद्य सामाग्री एबम नगद सहयोग रुपन्देहीको मायादेवी गाउँ पालिकाको बिभिन्न १५ घर धुरीमा बितरण सम्पन्न गरेको छ। कोभिड साथै अन्य बिबिध कारण बाट जनताको जिबनस्तर निकै कमजोर देखियकोले अति बिपन्न समुदायका मानिसलाई दिर्घकालिन रुपमा रोजगारीको ब्याबस्था गरि सहजताका साथ दुई छाक खान र बाच्न पाउने अधिकारको सुनिश्चित हुने सहितको ब्याबस्था मिलाउन नेपाल सरकार समक्ष राष्ट्रिय मानव अधिकार प्रतिष्ठान रुपन्देहिको तर्फ देखि जोडदार माग गर्दै अध्यक्ष जितेन्द्र प्रसाद बन्जाडेबाट यस कार्यक्रममा अस्ट्रेलिया बाट सहयोग उपलब्ध गराउने सम्पूर्ण सहयोगी हात र राहत सङ्कलन संयोजक श्री प्रेम क्षेत्रीको पहलमा १३ सदस्यहरुको राहत रकम उपलब्ध भएको सो राहत अति विपन्न कोरोना तथा बाढी पैरो पिडित को पहिचान गरि सहि ठाउँ सम्म पुराईएको छ।
उक्त सहयोगको लागि निम्न व्यक्तिहरुले सहयोग गरेका थिए।

१. प्रेम क्षेत्री बुटवल हाल अस्ट्रेलिया
२. राज कुमार रेग्मी बासगढ़ी बर्दिया हाल अस्ट्रेलिया
३. भरत लम्साल धादिङ हाल अस्ट्रेलिया
४. दुर्गा खनाल अर्घाखाँची हाल अस्ट्रेलिया
५ प्रमेस बरुवाल , काठमाडौं हाल अस्ट्रेलिया
६. प्रिती थापा खत्री बुटवल हाल अस्ट्रेलिया
७. आशिष शाहा काठमाडौं हाल अस्ट्रेलिया
८. गंगा राज गौतम बागलुङ हाल अस्ट्रेलिया
९. शैलेश रिजाल चितवन हाल अस्ट्रेलिया
१०. नबिन श्रेष्ठ बुटवल हाल अस्ट्रेलिया
११. राजेश घिमीरे बुटवल हाल अस्ट्रेलिया
१२. बिनीता लिम्बू ताप्लेजुङ हाल अस्ट्रेलिया
१३. सुमन न्यौपाने भक्तपुर हाल अस्ट्रेलिया र प्रतिष्ठानका सम्पूर्ण सदस्यहरुलाइ धन्यबाद दिदै कार्यक्रम समापन भएको थियो ।

तपाईको प्रतिक्रिया