काठमाडौं, २० साउन
यस अघि आयो मेरै राजा…गीतबाट चर्चा कमाएका गायक गणेश थापाले फेरी अर्को नयाँ गीत तिमीसँग दिल बस्यो…को भिडियो बजारमा ल्याएका छन् । उनले दुई साता अघिमात्र आयो मेरै राजा…बजारमा ल्याएका थिए । नयाँ गीत तिमीसँग दिल बस्यो…को भिडियो मँगलबार बेलुका बुढासुब्ब डिजिटलबाट रिलिज गरिएको हो । यो गीतमा सुन्दर पन्तको रचना, बलराम राजबँशीको संगीत रहेको छ । यो भिडियोलाई डब्बु क्षत्रीले निर्देशन गरेका हुन् । रोमान्चक शैलीको यो गीतको भिडियोमा राहुल श्रेष्ठ, साक्षी लम्साल, सुवर्णकुमार र सुनिता भुजेलको अभिनय रहेको छ । यो भिडियोमा राहुल र साक्षीको अभिनय प्रभावशाली देखिएको छ । आफुहरुको अभिनयलाई दर्शकले मन पराएको कलाकार साक्षी लम्सालले बताएका छन् ।
भिडियोमा त्रिकोणात्मक प्रेमलाई प्रस्तुत गरिएको छ । यो गीतको भिडियोमा टंक केसीको छायाँकन, सुरेश कुमार राउतको सम्पादन, शोभा श्रेष्ठको सृँगार रहेको छ । यो भिडियोलाई सवला थापाले निर्माण गरेकी हुन् ।
केही समयदेखि अमेरिकामा बस्दै आएका गायक गणेशले नेपालमा आएको बेला यो दुई वटा गीत रेकर्ड गरेका हुन् । आफ्नो अघिल्लो गीत आयो मेरै राजा…लाई दर्शकले रुचाएपछि अहिले दोश्रो गीत बजारमा ल्याएको गायक थापाले बताए । चाँडै अर्को समेत गीत समेटेर गीतिसँग्रह बजारमा ल्याउने तयारी गरिरहेको पनि उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया