विराटनगर , श्रावण २१ गते ।

समिर खान र रोशनी कार्कीको अभिनयमा रहेको “भाग्यमा नभएको मान्छे “गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । एलिना चौहानको स्वरमा रहेको गीतमा प्रेम र विछोडलाई गीतमा समेटिएको छ ।

विशाल निरौलाको शब्द तथा संगीतमा गीत तयार गरिएको छ । भाग्यको कारणले जिवनमा पाएको चोटलाई गीतमा समेटिएको छ । दिपक गिरीको छायाँकन , अमृत चपागाईको सम्पादन तथा श्रृजन बरालको निर्देशन भिडियोमा रहेको छ । “भाग्यमा नभएको मान्छे “गीतमा समिर खान , रोशनी कार्की , जिवी चिरन र आदित्य डिसीको अभिनय देख्न सकिन्छ ।

“भाग्यमा नभएको मान्छे “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया