गायक तथा मोडलसमेत रहेका दुर्गेश थापा गीत निकालेका कारण पटकपटक विवादमा आइरहेका छन् ।

पछिल्लो समय उनी नयाँ गीत ‘बीच्च बीच्चमा ४ – ख्यास्स पुतली’का कारण विवादमा तानिएका छन् ।

उनको गीतमा भएको उक्त शब्द हटाउनका लागि उनलाई लोकदोहोरी प्रतिष्ठानले चेतावनी पत्रसमेत पठाएको थियो । तर उनले प्रतिष्ठानको चेतावनीलाई बेवास्ता गरेर गीत रिलिज गरेका थिए ।

उनको त्यो कदमपछि प्रतिष्ठानले उनलाई बहिष्कार गर्ने निर्णय गरेको छ । उनले प्रतिष्ठान अदालत नभएर सम्झाई बुझाई गर्ने घर भएको बताएका छन् ।

एक अनलाइनसँग कुरा गर्दै थापाले प्रतिष्ठानले आफूलाई अनावश्यक रुपमा कारवाही गरेको बताएका छन् ।

उदाहरणका रुपमा उनले ‘भोगटेले ठाउँमात्र ओगटे’ भन्ने गीतको प्रसँग निकालेका थिए । उक्त गीतको अर्थ नराम्रो भए पनि प्रतिष्ठानले त्यसलाई केही पनि नगरेको उनको भनाई थियो ।

उनले ‘ख्यास्स पुतली’ मेरो गाउँघरतिर बोलिने टिपिकल शब्द भएको बताए ।

तपाईको प्रतिक्रिया