नायिका मलिका महत आजकल गीतको म्युजिक भिडियोमा निरन्तरर देखिन थालेकी छन् ।

चलचित्र ‘यात्रा’बाट आफ्नो चलचित्र यात्रा सुरु गरेकी मलिकाले त्यसपछि भने चलचित्रमा अभिनय गरेकी छैनन् ।

सुन्दरी नायिका महत यतिबेला भने एकपछि अर्को गर्दै विभिन्न म्युजिक भिडियोमा दर्शकमाझ आइरहेकी छन्।

उनलाई पछिल्लो समय नायक पल शाहसँगको सहकार्य निकै फापेको चर्चा बजारमा हुन थालेको छ ।

अझै भनौं उनले अरु नायक वा मोडेलसँग रिल साझेदारी गर्दा पनि मन दुखाउने एक जमात पल मलिका फ्यानहरु रहेका छन् । उनीहरु दुवैलाई पीएम जोडीको रुपमा पनि कलिउडमा चिनिने गरिन्छ ।

यसरी पलसँगका प्राय: गीतहरु उनलाई फापीरहँदा पल सँग बाहेकका गीत भने उनको लागि फलदायी हुन सकेको छैन।

साथै मलिकाको केहि समयअगाडी सार्वजनिक भएको एक डान्सिङ नम्बरको गीतलाई लिएर पनि यति बेला दर्शक मलिकासँग खुसि देखाएका छैनन् ।

संधै एकैखालको भूमिका र अभिनयले मलिकालाई आगामी दिनमा कुन मोड लिएर आउला त्यो भने हेर्न बाँकी छ । तर अब भने उनको चलचित्र अफरलाई लिएर चर्चा गरौँ । केहि समयअगाडी ‘गोपीकृष्ण मुभिज’ले निर्माण गर्ने चलचित्र ‘पर्खी बसे २’ मा नायिका महतले काम गर्ने चर्चा भएको थियो ।

मलिकाले कामका लागि कुरा भएको तर काम गर्ने पक्का नभएको बताएपछि उनीमाथीको यो चर्चा विस्तारै सेलाएको थियो ।

फेरी उनले विकाश आचार्यको चलचित्र ‘नाइँ नभन्नु ल ६’ का लागि अफर आएको कुराले बजार तताएको छ ।

एक सार्वजनिक कार्यक्रममा आफुलाई चलचित्रको अफर आएको मलिकाले बताएकी छन् । तर यो चलचित्रको मात्रै कुरा नभएको तर चलचित्रमा अभिनय गर्ने या नगर्ने पक्का नभएको उनले बताउँदै आएकी छन्।

यदि मलिकाले यी दुई चलचित्रमा काम गरिन् भने उनले नेपालका ठुला राम्रै टाइटल र फेम बोकेको चलचित्रको सिक्वेलमा आफुलाई सहभागी गराउने छिन् , तर उनले आफु स्वयम् लाई प्रमाणित गर्न सक्लिन त ? चलचित्रको कथा र भूमिकालाई अब मलिकाले ध्यान नदिने हो भने अगाडीको दिन यस्तै होला भन्न सकिने अवस्था छैन ।

साभार सुत्र न्युज डट कम

तपाईको प्रतिक्रिया