पो र्नो ग्राफी घटनामा संलग्न बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राको बारेमा हरेक दिन नयाँ कुराको खुलासा भएको छ ।

राज कुन्द्रा पोर्नोग्राफी मामलामा मुम्बई क्राइम ब्रान्च एकदमै जुटिरहेको छ । क्राइम ब्रान्चको टोलीले एक पछि अर्काे सनसनीपुर्ण खुलासाहरु भइरहेको हो ।

बलिउड अभिनेत्री शिल्पा शेट्टीको पति तथा भारतीय व्यवसायी राज कुन्द्राको ‘अश्लिल फिल्म प्रकरण’ झनै रहस्यमय बन्दै गएको छ ।

पो नोग्राफी प्रकरणमा राज कुन्द्राको विरुद्धमा उनकै भियान कम्पनीका पूर्व कर्मचारीले बयान दिएपछि उनी झन् मुश्किलमा परेका छन् ।

पूर्व कर्मचारीहरुको बयान दिएपछि राज कुन्द्रा झनै समस्यामा पर्ने देखिएको छ ।

इन्डिया टुडेको रिपोर्टका अनुसार मुम्बई प्रहरीको अपराध शाखाले राज कुन्द्राविरुद्ध प्रमाणसहितको बयान रेकर्ड गरेको छ । राजको कम्पनीका पूर्व कर्मचारीहरु भियान कम्पनीको विषयमा धेरै कुराका ज्ञाता थिए । उक्त चार जनाले दिएको बयानपछि अपराध शाखालाई अनुसन्धानमा थप सहयोग मिल्नेछ ।

राज कुन्द्राको विरोधमा पहिलो बयान दिने चार्टर्ड अकाउन्टेन्ट हुन् । चार्टर्ड अकाउन्टेन्टले ब्यालेन्स सिटसँग जोडिएका सबै जानकारी दिए । पैसा लेनदेनको सबै जानकारी विस्तारै बाहिर आएको छ ।

साथै, दोस्रो बयान फाइनान्स अफिसर हुन् । उनले मन्त्री ट्रायल्सका सबै जानकारी दिए । साथै, अरु दुई जना टेक्निकल फिल्डका कर्मचारी हुन् । यी दुईले प्रहरीलाई टेक्निकल सपोर्ट, एपको म्यानेजमेन्ट, डाटा डिलिट र अन्य टेक्निकल इस्यूहरुको बारेमा जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया