नेपाल फिल्म सोसाइटि द्वारा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीको अध्यक्षतामा गठित नेपाल राष्ट्रको विभूषण छनौट समितिको सदस्यमा नेपाल सरकारबाट मनोनीत हुनुभएको नेपाल फिल्म सोसाइटिका सल्लाहकार, बरिष्ठ कलाकार मदनदास श्रेष्ठलाइ बधाई ज्ञापन तथा शुभकामना प्रदान गरिएको छ। बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम नेपाल फिल्म सोसाइटिका केन्द्रिय अध्यक्ष बरिष्ठ अभिनेता कृष्ण मल्लको सभापतित्वमा सम्पन्न भएको थियो।

बरिष्ठ कलाकार मदनदास श्रेष्ठले सो अवसरमा आफुले आफ्नो कार्यकाल भरि निश्पक्ष जिम्मेवारी निभाउने र विभूषण बाट विभूषितहरुलाई मरणोपरान्त समेत राष्ट्रिय सम्मानको लागि पहल गर्ने बताउनु भयो। नेपाली कलाकारिताका बिशिष्ठ व्यक्तित्वलाइ नेपाल सरकार द्वारा छनौट गरिएकोमा नेपाल सरकारलाई धन्यबाद ज्ञापन गर्दै निश्पक्ष तवरले आफ्नो कार्यकाल सफल बनाउन आग्रह गर्दै सम्पूर्ण चलचित्रकर्मी तथा कलाकारको शिर उच्च भएको कुरा नेपाल फिल्म सोसाइटिका केन्द्रिय अध्यक्ष बरिष्ठ अभिनेता कृष्ण मल्लले बताउनुभयो।

उक्त बधाई तथा शुभकामना कार्यक्रममा नेपाल फिल्म सोसाइटिकाका संरक्षक शोभित उप्रेती, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, पशुपति क्षेत्र बिकाश कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडा, नेपाल फिल्म सोसाइटि अमेरिकाका अध्यक्ष नबराज श्रेष्ठ, चलचित्र कलाकार द्वन्द संघका अध्यक्ष नारायण प्रधान, बरिष्ठ कलाकार अशोक शर्मा, बरिष्ठ अभिनेता पुरन जोशी, अधिबक्ता द्वय शम्भु निरौला, कृष्ण ढुंगाना, निर्माता तथा अभिनेता मदु कुमार श्रेष्ठ, नेपाल चलचित्र कलाकार संघका कोषाधक्ष्य सुनिल कटुवाल, नेपाल फिल्म सोसाइटिका महासचिब राजेश बिशुराल, गायक शंकर लाल श्रेष्ठ, निर्माता शुभाष थापा, नेपाल फिल्म सोसाईटीका एस के श्रेष्ठ, सुदर्शन आचार्य, वाई एल लामा, सन्तोष कार्की, शुभाष खड्का, संचारकर्मी कलाकार सुर्य चन्द, बय्बसायी मनिषा श्रेष्ठ लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। कार्यक्रमलाई धरहरा ट्रेडर्सले प्रायोजन गरेको थियो।

तपाईको प्रतिक्रिया