काठमाडौं– हास्य अभिनेता दमन रुपाखती तथा उत्सव केसीको लेखन तथा निर्देशनमा तयार पारिएको गाईजात्रे कोशेली ‘छताछुल्ल’ सार्वजनिक भएको छ ।

‘छताछुल्ल’ मा नेपालको समसायिमक राजनीतिक तथा सामाजिक विकृतिलाई हाँस्य–व्यंग्यमार्फत छताछुल्ल पारिएको छ । यो प्रस्तुतीमा सुभाष गजुरेल, दमन रुपाखेती, कमल कान्त मैनाली, लक्ष्मण बिक्रम बस्नेत, संगम भण्डारी, घनश्याम गौतम नक्कली प्रचण्ड, लक्ष्मिनाथ तिमिल्सिना, सुरेश तिमल्सिना नक्कली ओली, शोभा भण्डारी, दिपक सापकोटा, मनिता डंगोल, सन्देश राउत, आयुष्मा पाण्डे र उत्सब केसीले अभिनय गरेका छन् ।

उत्तम केसी तथा दुर्गा केसी निर्माता रहेको गाईजात्रा छताछुल्लमा सह निर्माता सुमन फुयाँल, ब्यवस्थापक राजु फुयाँल, क्यामरा ज्ञान कुमार कट्टेल र सम्पादन प्रेम शर्मा पौडेलको रहेको छ भने पोष्ट प्रोडक्सन कोचे मिडिया रहेको छ ।

गाईजात्रे प्रहशन दोहोरी समावेश गरिएको गाईजात्रे सामाग्रीमा एउटा दोहोरी गीततको प्यारोडी हाँस्य कलाकार घनश्याम गौतमले लेखेका हुन् ।

अघिल्लो वर्ष ‘वार कि पार’ शीर्षकको गाईजात्रा कोशेली बजारमा ल्याएको चुइचुई पारेर यु ट्युब च्यानलले यसपटक छताछुल्ल गाईजात्रा बजारमा ल्याएको हो । गत वर्षको गाईजात्रमा बेसार पानी खाउँ जनता बेसार पानी खाउँ शीर्षकको गीत निकै चर्चामा आएको थियो ।

यो वर्ष पनि गाईजात्रालाई दर्शकहरुले मन पराउने कुरामा निर्देशक तथा कलाकार दमन रुपाखेती ढुक्क देखिन्छन् ।

तपाईको प्रतिक्रिया