काठमाडौँ – सौन्दर्य प्रशाधानको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल कार्वनल प्रोफेशनलको एक दिने ब्युटी वर्कशप भव्यताको साथ् सम्पन्न भएको छ। कपालको सौन्दर्य प्रती ज्ञान बढाउनको लागि गरिएको कार्यशाला गोष्टिमा अन्तराष्ट्रिय हेयर ड्रेसर रायन राइ र कस्टमेटिक साइन्सकि बिज्ञ परिशी कारंजितले कपालको सौन्दर्यलाइ कसरि निखारता ल्याउने, स्वास्थ्य राख्ने, कपालको प्रकृति अनुसार हेरचाह कसरि गर्ने भन्ने बारेमा जानकारी गराएका थिए। बरिष्ठ सौन्दर्यबिदहरु सोनी कारंजित, रश्मिला श्रेष्ठ, रुश्का श्रेष्ठ,अनिता रायमाझी, रचना शाक्य, रेणु शाक्य राना, रिना अवाले, रुपा डाँगी, शारदा क्षेत्रि, सफलता थापा, शशि शाह र अनिता पौडेल लगायतका सयौं सौन्दर्यकर्मीहरुले कार्वनल प्रोफेशनलको एक दिने ब्युटी वर्कशपमा सहभागिता जनाएका थिए।

कार्वनल प्रोफेशनल सौन्दर्य प्रशाधान क्षेत्रमा बरदाननै साबित भएको छ। कपालको प्रकृति अनुसार सबै प्रकारको कपालहरुलाइ स्वास्थ्य, चम्किलो, स्ट्यालिस्ट, कलरिङ, ट्रिटमेन्ट देखि अन्य हरेक किसिमका सौन्दर्य उत्पादनहरु उपलब्ध भएको कार्वनल प्रोफेशनल सौन्दर्यकर्मीहरुको मात्र नभएर सेलेब्रेटि देखि सर्बसाधारणहरुको समेत रोजाइमा परेको छ। कार्वनल प्रोफेशनलको प्रोडक्टहरुमा अर्गानिक बेस, लो केमिकल, भिटामिन-ई, कोलाजिन, एकाई वाईल, अर्गान वाईल, डबल ट्रिट्मेण्ट,हेयर कलर,थ्री इन वान स्ट्रेट क्रिम, केराटिन क्रिम लगायत सबै प्रकारका सौन्दर्य सामाग्री उपलब्ध रहेको कम्पनीका कार्यकारी निर्देशक नेत्र प्रशाद तिम्सिनाले बताएका छन्।

उक्त कार्यशाला गोष्टिमा कम्पनिका प्रोडक्टहरुको बारेमा जानकारी गराउनुको साथै सौन्दर्य सामाग्रीहरुको प्रयोग गर्ने तरिका, त्यसका फाइदाहरुको बारेमा बिस्तृत रुपमा सौन्दर्यकर्मीहरुलाइ थेउरि सङ्गै प्रायाेगात्मक रुपमा बताइएको थियो । सो अबसरमामा कम्पनीको तर्फ बाट टंक प्रशाद तिम्सिना, प्रदिप तिम्सिना,प्रमोद तिम्सिना, गोबिन्द प्रशाद तिम्सिना र राज गोपाल सापकोटाको उपस्थिति रहेको थियो। कार्वनल प्रोफेशनलको एक दिने ब्युटी वर्कशपको संयोजकत्व रोज शिप बिकाश तालिम केन्द्र रविभवनले गरेको थियो।

तपाईको प्रतिक्रिया