काठमाडौं- दुई सुपरस्टार शिव श्रेष्ठ र भुवन केसी १६ वर्षपछि एकसाथ फेरी पर्दामा देखिने भएका छन् । २००५ मा रिलिज भएको शोभित बस्नेत निर्देशित सुपरहिट फिल्म ‘राजु राजा राम’ पछि उनीहरु बर पीपल’ मा एक साथ देखिन् लागेका हुन्। १६ वर्षपछि शोभितले नै फिल्म ‘डाँडाको बर पीपल’ मा उनीहरुलाई एक साथ देखाउन लागेका हुन् । यो फिल्ममा यसअघि नै शिव श्रेष्ठ अनुबन्ध भइसकेका थिए । भुवनसँग शनिवार निर्माण टिमको कागजी सम्झौता भएको हो ।

१६ वर्षपछि फेरि उहाँहरुलाई एकसाथ निर्देशन गर्न उत्साहित भएको निर्देशक शोभित बस्नेले बताएका छन् । कोरोनाको दोस्रो लहरभन्दा अगाडि फिल्मको मुहूर्त गर्दै छायांकन सुरु गरिएको थियो । तर, गीतको छायांकन हुँदाहुँदै निषेधाज्ञा जारी भयो । अब चित्लाङबाट फिल्मको दृश्य खिच्न सुरु गरिने निर्देशक बस्नेतले बताए ।

नवराज गिरी निर्माता रहेको फिल्ममा गौरी मल्ल, सलोन बस्नेत, रुविना थापा र राजिव जंग बस्नेतको पनि मुख्य भूमिका रहनेछ । शान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, रामकाजी घिमिरेको लेखन, शिव मुखियारएलिस कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य र नवराज गिरीको शब्द रहेको फिल्ममा शिव र गौरी श्रीमान-श्रीमतीको भूमिकामा छन् ।

तपाईको प्रतिक्रिया