काठमाडौँ – बिगत एक दशक देखि सौन्दर्य क्षेत्रमा काम गरेर आफनो छुटै पहिचान बनाउन सफल सौन्दर्यकर्मी तथा मोडल चेसाङ लामाले ब्युटी सलुन संगै बुटिकको ब्यबसाय समेत संचालनमा ल्याएकी छिन। काठमाडौको कोटेश्वर स्थित भाट्भोटेनि नजिक उनले आफनो ग्राहकहरुलाई ध्यानमा राख्दै बुटिक बिस्तार गरेकी छिन। बुटिकमा ग्राहकको चाहना अनुसार सबै प्रकारको उच्च स्तरिय ड्रेस तयार हुने र सर्वसुलभ मूल्यमा पाउने कुरा संचालक चेसाङ लामा बताउछिन।

सौन्दर्यकर्मी चेसाङ लामा एक कुशल ब्यबसायिक सौन्दर्यकर्मी हुन। मुस्कान ब्युटिपार्लर मुख्य गरी हेयर स्टाइल र मेकअपका लागि प्रख्यात छ। जेन्स र लेडिजको लागि खोलिएको उनको पार्लरमा सबै प्रकारका ग्राहक आउने गरेका छन्। मुस्कान ब्युटी सलुनमा फेसियल,मेन्यु केयर, पदी केयर, हेयर कटिङ्ग, मेकअप, थ्रेडिङ्ग, मेहन्दी आर्ट, बडि मसाज, वाक्स, चलचित्र तथा म्युजिक भिडियोमा मेकअप लगायतका सेवा सुविधाहरु उपलब्ध रहेका छन् ।

तपाईको प्रतिक्रिया