काठमाडौं ।
यस वर्षको सर्वोत्कृष्ट आधुनिक संगीतकार अवार्डबाट राजेश थापा सम्मानित भएका छन् । संगीतकार थापालाई शनिबार राजधानीमा आयोजित एक विशेष समारोह बीच सम्मान गरिएको हो ।
उनले बोष्टर मिडिया द्वारा राजधानीमा सम्पन्न ‘ तेस्रो बोष्टर इन्टरटेन्मेन्ट अवार्ड २०२१’ बाट सुगम संगीत तर्फ सर्वोकृष्ट संगीतकारको अवार्ड प्राप्त गर्न सफल भएका हुन । नेपाली सुगम संगीतमा लामो समय देखी सक्रिय संगीतकार राजेश लाई डा ऋषी बस्ताकोटीको शब्द र गायक राज सिक्देलको आवाजमा रहेको ”थियौ तिमी दिलमा” बोलको गजल बाट अवार्ड उत्कृष्ट संगीतकारको अवार्ड प्रद्धान गरिएको हो ।
आफुले उक्त अवार्ड पाएकोमा खुसी ब्यक्त गर्दै सबै दर्शक श्रोताहरुको माया र साथले यो सफलता प्राप्त गर्न सम्भव भएको बताउर्दै उनले सबै प्रति विशेष आभार ब्यक्त गरेका छन । संगीतकार थापाले यस अगाडि पनी निरन्तर संगीत कर्म मार्फत कला र सस्कृतिको विकासमा योगदान पुयाए बापत विभिन्न संघ संस्था र विभिन्न निकायबाट सम्मानित भएका छन । उनीले संगीत सिर्जना गरेका दर्जनौ एकल एल्बम , संयुक्त एल्बम र थुप्रै चर्चित गीत संगीत बजारमा उपलब्घ रहेका छन ।