काठमाडौं । नबजीवन युवा क्लब सिफलले काठमाडौंको सिफल क्षेत्रमा वृक्षारोपण गरेको छ । विभिन्न सामाजिक कार्य गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल क्लब नबजीवन युवा क्लबले बाताबरणलाइ सफा बनाई हरियाली शहर निर्माण गर्न वृक्षारोपण गरिएको कुरा क्लबका अध्यक्ष, युवा नेता तथा ब्यबसायी प्रतिक श्रेष्ठले बताए।

क्लबले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय बाताबरण बनाउन र समाजमा जनचेतना फैलाउन वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको कुरा क्लबका सल्लाहाकार सन्दिप महतले जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया