अगष्ट १६ तारिख चिनियाँ परराष्ट्र मन्त्री वाङ यी र अमेरिकी विदेश मन्त्री आन्टोनी ब्लिन्केनबीच भएको टेलिफोन वार्तामा अफगानी परिस्थिति तथा चीन-अमेरिका सम्बन्धबारे बैचारिक आदानप्रदान भएको छ।

टेलिफोनमा अमेरिकी विदेश मन्त्री ब्लिन्केनले अफगानी समस्या सम्बन्धी दोहा वार्तामा चीनको सहभागिताबारे धन्यवाद ज्ञापन गर्दै वर्तमान अफगानी परिस्थिति निर्णायक चरणमा प्रवेश भएको जनाउनुभएको छ। तालिवानले उग्रबादसँग सम्बन्ध बिच्छेद भएको देखाउनुपर्छ र अधिकारको अनुशासित हस्तान्तरण गर्दै समावेशी सरकारको गठन गर्नुपर्ने विचार पनि अमेरिकाले गरेको छ। यसै क्रममा चीनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा पनि अमेरिकाले गरेको छ।

टेलिफोन वार्तामा चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले अफगानी स्थितिबारे चीनको धारणा व्यक्त गर्दै वैदेशिक तरिकालाई इतिहास तथा संस्कृति एवं राष्ट्रिय अवस्था फरक भएको मुलुकमा जस्ताको तस्तै सारेपछि सफल हुन गाह्रो भएको तथ्य फेरि एक पटक प्रमाणित भएको प्रकाश पार्नुभएको छ। अमेरिकासँग सम्पर्क तथा वार्तामार्फत् अफगानी समस्याको सफ्ट ल्याङडिङ जस्तो समाधान गर्ने इच्छा चीनले लिएको छ। नयाँ गृह युद्ध वा मानवीय प्रकोप आउन नदिन तथा अफगानिस्तानमा आतंकवादको आश्रय नदिन अफगानी राष्ट्रिय अवस्थासँग अनुकूल खुलापन तथा समावेशी राजनीतिक प्रारूपको स्थापना गर्न चीनले प्रोत्साहन गर्दै जाने कुरा पनि वाङले स्पष्ट पार्नुभएको छ। साथै अमेरिकाले अफगानिस्तान सम्बन्धी चीन-अमेरिका सहयोग तथा आतंकवाद विरोधी अन्तर्राष्ट्रिय सहयोगको लागि अमेरिकाले बाधा हटाउनुपर्ने जोड पनि वाङले गर्नुभएको छ। संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदका सदस्य मुलुकको हैसियतले चीन तथा अमेरिकाले आपसी सम्मानताको आधारमा यसै पृथ्वीमा शान्ति सह-अस्तित्वको सिद्धान्तको संयुक्त खोजी गर्नुपर्ने धारणा पनि वाङले व्यक्त गर्नुभएको छ।

उता अमेरिकी विदेश मन्त्री ब्लिन्केनले भन्नुभएको छ, ‘अफगानी स्थितिको परिवर्तनबाट के प्रमाणित भएको छ भने अमेरिका तथा चीनले रचनात्मक, वस्तुगत तरिकाले क्षेत्रीय सुरक्षा समस्याको बारेमा गर्ने सहयोग निकै महत्वपूर्ण भएको औँल्याउनुभएको छ।

तपाईको प्रतिक्रिया