मुम्बई : आलिया भट्टले सिद्धार्थ मल्होत्रा र कियरा आडवानी अभिनीत ‘शेरशाह’ हेरेर फिल्मको मात्र तारिफ गरिनन्, फिल्मका मुख्य कलाकार सिद्धार्थ मल्होत्रा र कियरा आडवानीको पनि तारिफ गरिन् ।

कारगिलमा सहादत प्राप्त गरेका फौजी विक्रम बत्राको जिवनीमा बनेको फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ । कसैले फिल्मको तािरफ गरेका छन् त कसैले आलोचना । जहाँसम्म मुम्बई उद्योगको कुरा छ, यहाँबाट भने फिल्मले तारिफ नै पाएको छ ।

फिल्म हेर्ने हरकोही कलाकारले फिल्म र कलाकारको कामको तारिफ गरेका छन् । यही क्रममा अभिनेत्री आलिया भट्टले पनि फिल्मबारे प्रतिक्रिया दिएकी छिन् । यो क्रममा उनले इन्स्टामा एउटा स्टोरी पोस्ट गर्दै उनले फिल्मले आफूलाई हँसाएको र रुवाएको बताएकी थिइन् । योबाहेक उनले सिद्धार्थ मल्होत्रा र कियराको अभिनयको पनि प्रशंसा गरेकी छिन् ।

आलियाले गरेको यो प्रशंसाले धेरैका कान ठाडा भएका छन् । खासगरि, सिद्धार्थ मल्होत्राको प्रशंसामा उनले खर्चेका शब्दलाई लिएर धेरैले रमाइलो मानेका छन् । यसो हुनुका कारण हो, दुवैको विगत । ‘स्टुडेन्ड अफ दि इयर’बाट एक साथ डेब्यु गरेका आलिया र सिद्धार्थले केही साल एक अर्कालाई डेट पनि गरेका थिए ।

सिद्धार्थ कियरा र आलिया रनवीर कपुरसँग नजिक हुनुअघि दुवै अफेयरमा थिए । तर खै किन यो जोडी छुट्यो । त्यसयता दुवैले सार्वजनिक रुपमा एकअर्काविरुद्ध टिप्पणी गरेको सुनिएको थिएन । यस्तोमा लामो समयपछि आलिया सिद्धार्थको प्रशंसा गरेकी हुन् । उनले सिद्धार्थलाई खास भएको बताएकी छिन् ।

तपाईको प्रतिक्रिया