कोरोना भाईरस संक्रमणको जोखिम कारण लगाईएको निषेधाज्ञाको समयमा विभिन्न व्यक्तिको अनुभवलाई समावेश गरेर वेब सिरिज अ ग्लास अफ ह्याप्पीनेस निर्माण गरिएको छ।

चर्चित छायांकार सुदीप बरालको निर्माणमा सुदीप भजु, विकास न्यौपाने र संजीवरत्न शाक्यको लेखन तथा निर्देशन रहेको उक्त वेब सिरिज कुल ४ भागमा छ। निर्माता, छायांकार तथा ओटीटी मार्केट प्रवर्तक सुदीप बरालका अनुसार उनले विषयवस्तु बलियो भएका कारण यो वेब सिरिज निर्माण गरेका हुन्। बरालले यो वेब सिरीजले नेपाली फिल्मको ग्लोबल प्लेटफर्म विस्तार गर्न सघाउने विश्वास व्यक्त गर्दै अ ग्लास अफ ह्याप्पीनेस भिडियो पसल, डिस होम, नेट टिभीलगायत राष्ट्रिय र अन्तराष्ट्रिय एप तथा वेब सर्पmरहरुमा आगामी साताबाट हेर्न सकिने तर युट्युबमा अपलोड नहुने प्रष्ट्याए।

उक्त वेब सिरिजमा लकडाउनमा फसेका नव विवाहित जोडी, विवाहित जोडी तथा किशोरावस्थाका साथीहरु गरी तीन फरक फरक कथा समावेश गरिएको यसको लेखन र निर्देशन समूहले जनाएका छन्। ‘वेब सिरिजमा लकडाउनका समयमा फसेका तीन फरक फरक जोडीको कथा व्यथा समेटिएको छ। उनीहरुमध्ये लकडाउनमा कसैको राम्रो एक्सिपिरीयन्स हुन्छ भने कसैको नराम्रो एक्सपिरियन्स हुन्छ’ सिरीजका लेखक तथा निर्देशकमध्येका सुदिप भजेल भन्छन्।

निषेधाज्ञाका कारण मानिसको जीवन र सम्बन्धमा आएको विभिन्न परिस्थिती र परिवर्तनलाई विषयमा बनाएर वेब सिरिज निर्माण भएको सुदीपले बताए। ‘हामी पहिलेदेखि नै फिल्म, डकुमेन्ट्रि तथा वेब सिरिज बनाउँदै आएका थियाँै र अर्को सिरिज बनाउने सोच राख्दै गर्दा कोरोना जोखिमका कारण पहिलो चरणको लकडाउन भएपछि यहि विषयमा मानिसको भोगाईलाई फन्नी र ईम्प्रेसिङ वेमा कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने सोच्दै गर्दा आफ्नो वरीपरीको सर्कल र अलिअलि आफ्नो पनि भोगाई मिसाएर मीनी सिरिजको बनाउने प्लान बन्यो। सोहिअनुरुप यो प्रोजेक्ट तयार भएको हो’ उनले भने।

यो वेब सिरिजमार्फत चाहे जुनसुकै सम्बन्ध किन नहोस सम्बन्धमा समझदारी हुनु पर्छ भन्ने सन्देश दर्शकले लिन सक्ने यसको लेखक निर्देशकमध्येका अर्का एक विकास न्यौपाने बताउँछन्। केहि समययता अन्य प्रोजेक्टमा व्यस्त भएका कारण हामी तीन साथीले आप्mनै काम नगरेको धेरै भएको थियो। यो समयमा सधै आईरहेको भन्दा केहि फरक दर्शकमाझ ल्याउँ भन्ने सोचले यो वेब सिरिज तयार पारेका हाँै। जुन हेर्दा दर्शकले ए यो त हाम्रै कथा पो रहेछ भ्रन्ने महसुस गर्नेछन् उनी भन्छन्।

उक्त वेब सिरिजमा कलाकारहरु मेनु्का प्रधान, रञ्जना भट्टराई, अनु दहाल, निकिता आचार्य, गौरव विष्ट, सु्दीप भजु, विकास न्यौपानेको अभिनय रहेका छ भने उज्वल बास्ताकोटीको छायांकन रहेको छ।

२०१० मा अस्कर ईन्टरनेशनल कलेजमा अध्ययन गर्नेे क्रममा सुरु भएको सुदीप भजु, विकास न्यौपाने र संजीवरत्न शाक्यले त्यही समयदेखि नै कला क्षेत्रमा सहकार्य गर्दैै आईरहेका थिए। हामी तीनजना सुरुदेखि नै जुनसुकै काममा सँगै सहभागी हँुदै आईरहेका छाँै’ विकास भन्छन्। कलेजमा शुरु भएको उनीहरुबीचको दोस्ती करियरसम्म पनि जोडिएको छ। यी तीनजनाले बनाएको शर्ट फिल्म न्यू रिक्वीडले नेपाली सेनाले प्रत्येक वर्ष आयोजना गर्दै आएको लघु फिल्म फेस्टिभलमा २०११ र २०१४ मा शुभारम्भबाट प्रथम पुरस्कार जितेको थियो। उनीहरुले नै २०१५ मा बनाएको सिमलको भुवाजस्तै नामक सर्ट मुभि विभिन्न फेस्टिवलमा सहभागी भएको थियो भने उनीहरुले २०१७ मा तयार पारेको अर्को सर्ट फिल्म लक्ष्मनीया १९ वटा फिल्म फेस्टिभलमा सहभागी भएको थियो र २/३ ओटा अवार्ड पनि जितेको थियो।

यसभन्दा अघि थुप्रै फिचर फिल्ममा सहनिर्देशकको रुपमा काम गरिसकेका सुदीप, विकास र संजीवले रियालीटी शोहरु हिमालय रोडीजको तीन भागसम्म सह निर्देशक र एपिसोड निर्माता तथा को बन्छ करोड पतिमा सुदीपले सह निर्देशक एवं विकास र संजीवले एपिसोड निर्माताको रुपमा काम गरेका थिए। अ ग्लास अफ ह्याप्पीनेसमा किशोरराज खाँण सहनिर्माता रहेका छन् भने यो बेब सिरीजको प्रवद्र्धन ओएसआर डिजीटलले गरेको छ।

तपाईको प्रतिक्रिया