काठमाडौं– नेपाल चलचित्र कलाकार संघले अभिनेत्री मनिषा कोइरालालाई संघको मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको छ ।
गत साउन २९ गते बसेको संघको कार्यसमितिको बैठकले अभिनेत्री कोईरालासंगै चलचित्रकर्मी बिष्णुगोपाल श्रेष्ठ तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष चलचित्रकर्मी राजकुमार राईलाई समेत संघको मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको छ ।
अभिनेत्री कोइरालालाई सम्बोधन गर्दै संघका अध्यक्ष रविन्द्र खड्काद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ–‘चलचित्रमा अभिनय यात्राको क्रममा तपाईंले नेपाली चलचित्र फेरी भेटौंला (वि.सं.२०४५) बाट अभिनय यात्राको सुरुवात गरी भारतीय चलचित्र क्षेत्रमा अभिनेत्रीको रुपमा सयौं चलचित्रमा काम गर्नु भइ राष्ट्रिय–अन्तर्राष्ट्रिय ख्याती कमाउनु भएकोमा नेपाली चलचित्र क्षेत्र गौरव महसुस गर्दछ ।’
‘तपाईंले अभिनेत्रीको रुपमा र सामाजिक सेवामा पुर्याउनु भएको योगदान र ख्याती नेपाल र नेपालीको लागि सदा उदाहरणीय रहने छ, पत्रमा भनिएको छ–‘तपाईंको समाजप्रतिको सेवा, योगदान र चलचित्रतर्फको समर्पण एवं ख्यातीलाई कदर गर्दै नेपाल चलचित्र कलाकार संघको साउन २९ गते बसेको बैठकले संघको मानार्थ सदस्यता प्रदान गर्ने निर्ण गरेको जानकारी गराउँदछु । तपाईंको नेपाल र नेपालीप्रतिको माया, समर्पण एवं चलचित्रतर्फको योगदान निरन्तर रहोस्, शुभकामना ।’
बैठक संघका अध्यक्ष रविन्द्र खडकाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको संघका प्रवक्ता तथा उपाध्इक्ष मोहन निरौलाद्वारा जारी विज्ञप्तमिा उल्लेख गरिउको छ ।
संघले वर्ष माननीय रामवीर मनन्धर, गायिका तथा माननीय कोमल वली, नगरपालिका संघका अध्यक्ष अशोक व्याजु श्रेष्ठ, चलचित्रकर्मी तीर्थ थापा, बेलायतका लागि नेपालका पूर्व राजदूत दुर्गा बहादुर सुवेदी (दुबसु) लाई संघको मानार्थ सदस्य प्रदान गरेको थियो ।
चलचित्र क्षेत्र लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जीव्नमा महव्पूर्ण योगदान पुर्याउने व्यक्तित्वहरूलाई संघको कार्यसमितिले मानार्थ सदस्य प्रदान गर्ने व्यवस्था संघको विधानले गरेको पनि विज्ञप्तीमा उल्लेख छ ।