नेपाली काँग्रेसका युवा नेता धुव्रबिक्रम शाहीले आसन्न नेपाली काँग्रेसको १४औं महाँधिवेसनमा आफ्नो उम्मेदवारी रहने खुलासा गर्नु भएको छ ।
नेपाली काँग्रेसको १४औं महाधिवेशन विभिन्न समस्याको कारणले समय सिमा भित्र हुन नसके पनि अन्ततः अधिबेशन नगरि सुखै नभएपछि आफु महाधिवेशन प्रतिनिधिको उम्मेदवारी रहने खुलाशा गर्नु भएको हो ।
सबै काँग्रेस नेता र कार्यकर्ताले आगामि भदौ महिना बाट अधिबेशन शुरु हुने अनुमान गरिरहेका छन । महाधिबेशनमा कालिकोट जिल्लाका सबै नेताहरुले विभिन्न संन्चार माध्यम बाट आफ्ना उम्मेदवारीको खुलासा गरेको संकेत गरिरहेको बुझ्न सकिन्छ ।
पार्टीमा काम गरेको लगानि र क्षमताको आधारमा समस्त नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता ज्युहरुमा“आफु धुब बिक्रम शाहीले कालिकोट जिल्लााको बिकाशको लागि पार्टीको हरेक गतिबिधिमा काम गदै आएको अनुभव समेत राख्नु भएको छ।”
कालिकोट जिल्लाको साबिक माल्कोट गा.बि.स हाल नरहरिनाथ गाउँ पालिका वडानं ७ बस्ने बर्ष ४२ धुब बिक्रम शाहीले महाधिवेशन प्रतिनिधिको उम्मेदवारी रही आफ्नो जित सुनिश्रत भएको बताउनु भएको छ।
युवा नेता शाहीले गरेका कामहरु
१, २०४८ सालमा नन्दादेबि माबि कोटबाडामा नेबिसंघ ईकाको सदस्य
२,२०५३ सालमा नेबिसंघको तर्फबाट महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज सदस्यको उम्मेदवार
३,२०५४ सालमा नेपाली काँग्रेस कर्णालि नेपालगन्ज सम्पर्क समितिको सदस्य
४,२०५८ सालमा नेबिसंघ कालिकोटकोअध्यक्ष
५,२०६१ सालमा पुनः नेबिसंघ दोश्रोपटक अध्यक्ष राजाको को बिरुद्ध आन्दोलनमा सकिृय सहभागि
६,२०६३ सालमा पार्टीको तर्फबाट दद्वपिडित कोटामा स्थानीय शान्ति समितको सदस्यमा सिफारिस
७,२०६७ सालमा स्थानिय सान्ति समिति कालिकोटको अध्यक्ष
८,१२औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको उम्मेदवार
९,तह महाधिवेशनमा महाधिवेशन प्रतिनिधिकै उम्मेदवार भएकोछु।
१०,बिगत द्वन्द्व कालमा काँग्रेस भएकै कारण नेका माल्कोटका सभापति स्व, पिता टेक हादुर शाही लाई मावोबादिहरुले २०५६ सालमा अछामको चिल्तडामा हत्या गरेका थिय। निरन्तर कुनै स्वार्थ बिना ३० बर्षदेखि पार्टि विभिन्न कार्यक्रममा हजारौं पटक सहभागी भएकोछु।
११,यश बाहेक २०५९ सालमा राष्ट्रिय समाचार समिति कालिकोटको समाचारदाता
१२,नेपाल टेलिभिजनको समाचारदाता
१३,पत्रकार महासंघ कालिकोटको उपाअध्क्ष
१४,एन,जि,ओ,फिडेरेसन कालिकोटको उपाध्यक्ष समेत भएर काम गरेकोछु ।
१५,हाल बिपि बिचार राष्ट्रिय समाज कालिकोटको सभापतिमा रहि लामो समयदेखि पार्टीका हरेक तहमा रही काम गरी आएको नेता शाहीले बताउनुभयो।
नेता शाहीका बुवा टेकबहादुर शाहीलाई बिद्रोहि माओबादिले काँग्रेस भएकै कारण २०५६ सालमा हत्या गरेका थिए।