काठमाण्डौ भाद्र ०५ – नेपाली नारीहरुको महान चाड हरितालिका तीज गीत कोरोना संक्रमणको जटिल समस्या भएता पनि पोहोरको तुलनामा यस बर्ष प्रसस्त मात्रामा सार्बजनिक भएको छ । यस भित्र क्षणिक चर्चाका लागि सार्बजनिक गरिएका गीतहरु पनि धेरै नै रहेका छन् । सोहि परिस्थितिलाई मध्यनजर गर्दै लोकप्रिय गायिका सुनिता दुलालले सिताष्मा भुसालको प्रस्तुतिमा पुनः अर्को मौलिक तीज गीत सार्बजनिक गरेकी छिन् । उनि द्वारा स्वरबद्ध गीत परदेशी छोरी केहि दिनअघि मात्र सार्बजनिक भएको थियो ।

सिताष्मा भुसालको प्रस्तुतिमा बजारमा आएको सुनिता दुलाल द्वारा स्वर बद्ध पछिल्लो गीत “स्वामीकी प्यारी” बोलको रहेको छ । प्रस्तुत गीतमा सिताष्मा भुषालको शब्द रहेको भने लय बीबी अनुरागीले भरेका छन् ।

गीतको म्युजिक भिडियो पनि निकै उत्कृष्ट बनेको छ । भिडियोमा गौरी मल्ल, सुमिना श्रेष्ठ, बिना राउत र सरोज प्रजाको आकर्षक अभिनय देख्न सकिन्छ । अजय रेग्मी द्वारा छायांकन भएको भिडियोलाई काजिस श्रेष्ठले निर्देशन गरेका हुन् भने सम्पादन दिपक विष्टले गरेका छन् । गीतलाई सुनिता दुलाल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया