काठमाण्डौ भाद्र १२ – बिगत केहि समय यता नेपालि लोक तथा दोहोरी गीत संगीत क्षेत्र सम्वृद्धिका लागि जुटेका केदार खोटांगेको पछिल्लो प्रस्तुति “देखिन मैले माइती घर” बोलको गीत भर्खरै मात्र सार्बजनिक भएको छ । उनले यस अघि कोरोनाले धेरै मरे, पहिलो भेटमै साली, चित्त नै बुझ्दैन लगाएतका गीतहरु बजारमा ल्याएर सफलता प्राप्त गरिसकेका छन्

केदारको पछिल्लो पटक बजारमा आएको गीत “देखिन मैले माइती घर” बोलको गीतलाई लय शब्द केदार खोटांगेको नै भरेका छन् भने स्वर केदार संगै लोकप्रिय गायिका शान्तिश्री परियारको रहेको छ । निकै मर्मस्पर्सी गीतको म्युजिक भिडियोमा पिटर पुन, अन्जली अधिकारी र बबिता श्रेष्ठको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन मदन खड्काले गरेका हुन् भने छायांकन बिरेन्द्र भट्ट र सम्पादन अविनाश डी.सी ले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

https://www.youtube.com/watch?v=gag4XPE8EXs

तपाईको प्रतिक्रिया