काठमाडौ, १३ भदौ । अफ्रिता खड्गीको आवाजमा रहेको ‘कस्तो त्यो बेदनाले’ बोलको गीतको म्युजिक भिडियोको छायाङ्कन सम्पन्न भएको भएको छ ।
राज लिम्बुको शब्द/संगीत, गोपाल रसाइलीको संगीत संयोजन रहेको ‘कस्तो त्यो बेदनाले’ अफ्रिताको पहिलो गीत हो । अफ्रिता दि भोइस अफ नेपाल सिजन–२ को सेमि फाइनलिष्ट भएकी थिइन् ।
अफ्रिता खड्कीलाई फिचरिङ गरिएको सो गीतको भिडियोमा बाल कलाकारहरू समृद्धी र सौरभले उनलाई साथ दिएका छन् । भिडियोलाई हाङ चेम्जोङले निर्देशन, गरेका छन् भने सृङ्गार सन्जु थलङ र छायाङ्कन इशाक जबेगुको रहेको छ ।
उक्त भिडियो चाडै नै राज लिम्बु युट्युब च्यानलमा आउने निर्देशक हाङ चेम्जोङले बताए ।