काठमाण्डौं ।
समाज भित्रका विभिन्न अवस्थाहरुलाई समावेश गरेर निमार्ण गरिने बेव सिरिज राज श्री इन्टरटेनमेन्ट नेपाल सङग को सहकार्यमा धिमाल फिल्मस को ब्यानरमा बन्न लागेको सिरिज “आलु जस्तो लव“ को सम्पुर्ण तयारी सकाएर आउदो २५ गते फ्लोरमा जाने भएको छ। जसमा पुनम परियार ले “सृष्टि“ को मुख्य भुमिका निर्वाह गर्ने भएकी छिन । आदा दर्जन बढी म्युजिक भिडियो मा अभिनय गरेकी पुनम “आलु जस्तो लव“मा चाइ सृष्टि नामको भुमिकामा देखिने छिन।
देव धिमाल को निर्देशन कृष्ण के.सि को लेखन विजय राज भुर्तेलको सम्पादन दिनेश गौतमको संगीतमा दिनेश गौतम र अनु सिह को स्वर रहने भएको छ । सिरिजमा अश्मित पोखरेल ले मुख्य सहायक निर्देशक को रुपमा काम गर्ने भएका छ्न।

काठमाडौ वरिपरि छायांकन हुने सिरिज को पोस्ट प्रोडक्सनको जिम्मा विजय राज फिल्मस लाई दिइएको छ। सिरिजमा शारदा गिरि (काली बुढी) राजकुमार शाह, सुवास भट्टराई ,भिमसेन खतिवडा,प्रीयन्सी श्रेष्ठ ,प्रीयन्का श्रेष्ठ,दिवश नाथ,सुमन थोप्रा लिम्बू लगायत का कलाकार हरु को मुख्य भुमिका रहने भएको छ ।

तपाईको प्रतिक्रिया