नेपाली कांग्रेस तरुण बिभाग आमन्त्रित केन्द्रीय सदस्य घनश्याम तामाङ घिसिङ (रजिन्द्र)द्वारा आफ्नो गृह जिल्ला उदयपुरमा ८० लाख बराबरको स्वस्थ सामाग्रीहरु हस्तान्तरण गरेका छन्।
नेता घिसिङले ‘कोभिड-१९ को महामारीविरुद्ध उदयपुरको कटारी अस्पतालमा अत्यावश्यक स्वास्थ्य सामग्रीहरु सहयोग गरेका हुन्। घिसिङले कटारी अस्पताल र नेपाल सरकारसङ्ग विशेष समन्वय गरि नेपाल सरकार अन्तर्गत स्वास्थ मन्त्रालयबाट स्वास्थ्य सामग्री उपलब्ध गराई आज एक कार्यक्रमका बीच स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।
काेराेना महामारीकाे संक्रमणदर फेरि बढिरहेको बेलामा महामारीविरुद्ध लड्न स्वास्थ्य सामग्री सहयोग गरेका छन्।
उक्त हस्तान्तरणको क्रममा अहिले रहेको नगरपालिका स्तरीय १५ बेडको अस्पताललाई प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय गरि प्रदेश स्तरीय ५० बेडको अस्पताल बनाउने प्रतिबद्धता संगै आफ्नो जिल्ला बासीको निम्ति सदैव आफू सहयोगको लागी तत्पर रहेको पनि जानकारी गराएका छन्।
व्यवस्थापन समितिका अध्यक्ष,नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति राम खत्री लगायतको उपस्तिथिमा हस्तान्तरण गरेका हुन् ।
युवा नेता घनश्याम तामाङ घिसिङले निम्न स्वास्थ्य सामग्री सहयोग गरेका छन्।
Fully Automatic Biochemistry Analyzer
Oxygen cylinder
Oxygen concentrator
Surgical mask
N95 masks
Sanitizer
Top gloves
PPE
Patient bed