काठमाडौँ – बरिष्ट सौन्दर्यकर्मी तथा समाजसेवी रेनु शाक्य रानाले आफ्नो जन्मदिन मानब सेवा आश्रममा आश्रितहरु माझ मनाएकी छिन। उनले मानब सेवामा आश्रित पिडितहरुको लागि खाद्यान्न तथा कपडाहरु वितरण गरेकी थिइन्। बिगत लामो समय देखि सौन्दर्य पेशामा आबद्द भएर हजारौ महिला दिदि बहिनिहरुलाई स्वरोजगार तथा आत्मानिर्भर बनाउदै आएकी रेनु लायन्स क्लब अफ काठ्मान्डु युनिफाइड नेसनको द्वितीय उपाध्यक्ष समेत हुन्। सामाजिक कार्यमा सधै अग्रणी भूमिका निर्बाह गर्दै आएकी उनले महाभूकम्प, कोभिड-१९ देखि बाढि पहिरोमा परि समस्यामा परेका पिडितहरुलाइ सहयोग गर्दै आएकी छिन।

जन्मदिनको अबसरमा फजुल खर्च गर्नु भन्दा आश्रय बिहिन अनाथहरुको साथमा खुसियाली साट्न पाएकोमा आफुलाई आत्मा सन्तुष्टि मिलेको उनि बताउछिन। समाज रूपान्तर गर्न अनि मानब सेवामा टेवा पुराउने हेतुका साथ मानब सेवा आश्रममा गएर आफुले सकेको सहयोग गरेको उनले जानकारी गराईन। हाम्रो तर्फ बाट पनि बरिष्ट सौन्दर्यकर्मी रेनु शाक्य रानालाइ जन्मदिनको हार्दिक मंगलमय शुभकामना।

तपाईको प्रतिक्रिया