धादिङ – कांग्रेस नेत्री शान्ता कुमारी तामाङ क्षेत्रिय प्रतिनिधिमा निर्बिरोध निर्बाचित भएकी छिन। बागमती प्रदेस धादिङ जिल्ला प्रतिनिधि सभा क्षेत्र न. २ प्रदेस सभा क्षेत्र न. २ (ख) गाउँपालिका खानियाबास वडा न. ३ बाट क्षेत्रिय प्रतिनिधिमा उनि निर्बिरोध निर्बाचित भएकी हुन्। सामाजिक कार्यमा अग्रणी भमिका निर्बाह गर्दै आएकी उनि राजनीतिमा समेत उत्तिकै सक्रिय छिन।
जनजाति महिलाहरुको प्रतिनिधि पात्रको रुपमा उदाएकी उनि नेपाली कांग्रेस पार्टी भित्र प्रभावशाली महिला नेत्रीको रुपमा परिचित छिन। नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेकी उनि निडर तथा स्पष्ट बक्ताको रुपमा परिचित छिन।