धादिङ – कांग्रेस नेत्री तथा समाजसेवी शान्ता कुमारी तामाङ सम्मानित भएकी छिन। प्रगतिशील स्वास्थ्य आमा समूह खनियाँवास गाउँपालिका वडा न. ३ का महिला दिदीबहिनीहरुले शान्ता कुमारी तामाङलाइ सम्मानित गरेका हुन्। सदैब महिला दिदिबहिनिहरुको हकहितमा लड्दै तथा महिला ससक्तिकरणमा अग्रणी भूमिका निर्बाह गर्दै आएकी शान्ता आफैमा कुशल अभिनेत्री समेत हुन्।
सुन्दर तन संगै पबित्र आत्मा भएकी समाजसेवी शान्ता कुमारी तामाङ सानै देखि मिलनसार, झुट नबोल्ने र सहयोगी भावाना भएकी उनि युवा पर्यटन ब्यबसायी पनि हुन्। आफ्नो ब्यापार ब्यबसाय संग संगै उनले समाजसेवामा पनि उत्तिकै समय निकालेर अनाथ अपाङ्ग बाल बालिकाहरु र बृद्ध वृद्धा हरुको सेवामा जुटी रहेकी छिन।
उनि भन्छिन भगवान खोज्न मन्दिरमा जानु पर्दैन भगवान आ-आफ्नो मन भित्र बसेका हुन्छन जुन व्यक्ति ले आफु संग भएर आफुले सक्ने जति, दुखि मान्छे, अनाथ अपाङ्ग बृद्ध वृद्धा, रोगि, पिडित बालबच्चा, महिलालाइ उदार मनले जे जस्तो तरिकाले भए नि सहयोग गर्छ त्यो मान्छे नै धर्मात्मा कहलिन्छ र उसले नै पुण्य कमाउछ तपाई संग सेवा सहयोग गर्न धेरै धन चाहिदैन तर मन भने ठुलो हुनु पर्छ सबै भन्दा ठुलो धर्म भनेको सेवा हो।
धादिङमा जन्मेकी सुन्दरी शान्ता कुमारी तामाङ अहिले बालुवाटारमा आफ्नो परिवार संग बसोबास गर्दै आएकी छिन। ब्यबसाय संगै विभिन्न सामाजिक कार्यमा ब्यस्त भइरहने शान्ता सधै हासेर बोल्न रुचाउछिन। भबिष्यमा पनि आफ्नो बाकि जिबन समाजसेवामा नै समर्पित गर्ने योजाना बनाएकी शान्ता आफुलाइ एक सामाजिक अभियन्ताको रुपमा आफुलाइ प्रस्तुत गर्न चाहन्छिन।