काठमाडौँ -राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सर्बाधिक चर्चा बटुल्न सफल बुटिक काजल क्रियसन सातौ बर्षमा प्रवेश गरेको छ। हिजो भएको एक भब्य कार्यक्रममा विभिन्न सेलिब्रेटी समाजसेवीहरुको बाक्लो उपस्थितिमा काजल क्रियसनको सातौ यानिभर्सरि भब्यताको साथमा मनाईएको थियो भने काजल शर्माको जन्मदिन समेत मनाइएको थियो । काजल क्रियसन बुटिकको सातौ यानिभर्सरि संगै उक्त बुटिकको संचालिका काजलको समेत जन्मदिन एकैसाथ पर्न गएकोले गर्दा सेलिब्रेटीहरुको राम्रो जमघट रहेको थियो।

उक्त अबसरमा चर्चित निर्माता अभिनेत्री दिपा श्री निरौला, हास्य अभिनेता निर्माल शर्मा, बरिष्ट ब्युटिसियन सोनी कारंजित, बरिष्ट ब्युटिसियन तथा रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठ, म्यानेजिङ डिरेक्टर तथा समाजसेवी प्रकाश कुमार श्रेष्ठ, बरिष्ट ब्युटिसियन रुस्का बैद्य श्रेष्ठ, ब्युटिसियनहरु रिना अवाले, रचना शाक्य महर्जन, रेणु राना शाक्य, गायिका रानु निरौला, ब्यबसायी महिला पविना खडका, निकिता पाण्डे, आशिष पोखरेल, हेमा पोखरेल, बसन्ती अधिकारी, सञ्चाकर्मी सूर्य चन्द, संचारकर्मी डब्बु क्षेत्रि, गायिका तथा सञ्चारकर्मी सरिता भारती, फोटोग्राफर बद्री थापा, लक्ष्मण महर्जनल लगायत अन्य समाजसेवीहरुको उपस्थिति रहेको थिय।

छोटो समयमा नै फेशनको संसारमा आफ्नो छुट्टै पहिचान बनाएर फेशन प्रेमीहरुको मन जित्न सफल काजल क्रियसन सेलेब्रेटि, ब्यबसायी देखि सर्बसाधारणहरुको रोजाइमा पर्न सफल भएको छ। विभिन्न चलचित्र देखि म्युजिक भिडियो तथा सेलेब्रेटि नायक नायिका, राजनीतिकर्मी, ब्यबसायी देखि सर्बसाधारणहरुको समेत ड्रेश डिजाइन गरेर ख्याति कमाएको काजल क्रियसनले नेपालमा मात्र नभएर युरोपको विभिन्न शहरमा समेत आफ्नो उत्पादन तथा कलालाई बिस्तार गर्दै आएको ।

फेशन सम्बन्धि आफ्नो काम तथा नेपाली फेशनलाइ विश्व सामु कसरि चिनाउन सकिन्छ, नेपाली उत्पादन ढाका बाट बनेका कपडा तथा ढाका बाट तयार भएका ड्रेसहरुलाई अन्तराष्ट्रिय स्तरमा प्रबर्धन गर्न समेत लागि परेकी काजल क्रियसनकि म्यानेजिङ डाइरेक्टर चर्चित फेशन डिजाइनर काजलले बिदेशमा समेत आफ्नो संजाल बिस्तार गरेकी छिन। कम समयमा नै फेशनमा छुट्टै पहिचान बनाउन सफल काजल क्रियसन अहिले सबै क्षेत्रका व्यक्तिको लागि विश्वासिलो बुटिकको रुपमा परिचित भएको छ।

तपाईको प्रतिक्रिया