काठमाण्डौ असोज ०५ – चार जात छत्तिस फुलबारी हाम्रो हाम्रो देशलाई बिस्वसामु परिचित गराउनको लागि विभिन्न गीत संगीतले महत्वपुर्ण भूमिका निर्बाह गरेको छ । यस भित्र पनि भाषा भाषिक गीतहरु त झनै उदारण बनेको छ । सोहि उदाहरणलाई ध्यानमा राख्दै लोकप्रिय गायक तथा सर्जक राज थोकरले भर्खरै मात्र एक सेलो गीत सार्बजनिक गरेका छन् । उक्त गीत “होइ साइँली” बोलको रहेको छ ।

गीतमा राज थोकरले संगीत, बिशाल घिसिङ्गको शब्द तथा राज थोकर र प्रमिला दोङ्गको सुमधुर स्वर सुन्न सकिन्छ । तामाङ्ग समुदाय भित्र अत्यन्त प्रचलित यस भाकाको म्युजिक भिडियो पनि सार्बजनिक भैसकेको छ । भिडियोमा राज थोकर र प्रमिला दोङ्ग स्वयम् देखा परेका छन् भने बाल अभिनय आंशिका र प्रतिक समेत अभिनय देख्न सकिन्छ ।“होइ साइँली” बोलको गीतको म्युजीक भिडियोलाई सम्पादन सुमन अधिकारीले गरेका छन् । गीतमा संगीत संयोजन एच बि रसाइलीको रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया