काठमाण्डौ असोज ०५ – रिसु मिडियाको आयोजनामा हुन लागेको “स्टार म्युजिक एण्ड फिल्मस अवार्ड – २०७८” को आबेदन फर्म खुल्ला भएको छ । अवार्ड ८४ बिधामा गर्न लागिएको र अवार्डको लागि असोज १७ गते सम्म फारम खुल्ला रहने छ । आयोजक टिमका अनुसार फिल्मका निर्देशक, कलाकार, प्राविधिक साथै सांगीतिक र चलचित्र क्षेत्रमा विशिष्ट योगदान दिनेहरुलाईउक्त कार्यक्रममा  प्रोत्साहन र सम्मान गरिनेछ ।

अवार्डमा दुई दशक भन्दा लामो समय बिताएका एक श्रष्टालाई नगद सहित लाइफटाइम एचिभमेन्ट अवार्ड द्धारा सम्मान गरिने आयोजक पक्षले जनाएको छ । कोरोनाको महामारीले सुस्ताएको गीत संगीत र त्यस सँग सम्बन्धित सबै पक्षलाई समेटर यस अवार्ड गर्न लागिएको  लागिएको र यस क्षेत्रमा योगदान पुर्याउनुहुने सबैलाई सम्मान, हौसला, प्रेरणा साथै अवार्ड समेत प्रदान गरिने रिसु मिडियाका अध्यक्ष विवेक लोप्चनले बताएका छन् । अध्यक्ष लोप्चनले समाजमा विशेष योगदान दिदै आएका व्यक्तीहरुलाई समेत सम्मान गरिने बताएका छन् ।

अवार्डमा २०७७ / ०७८ भित्रका गीत संगीतलाई समावेश गरिने छ भने चलचित्रको हकमा २०७३ देखी हालः सम्म बनेका चलचित्रलाई समावेश गरिनेछ । फर्म दर्ता शुल्क एक हजार रुपैया लाग्ने छ । अवार्डमा एस. एम. एस. भोटिङ्बाट आएको अंकलाई ५० % र जुरिको निर्णय ५० % हुने आयोजकले बताएको छ । आवेदनको लागि ९८५११४७३८६, ९८४१६१७९९७६ र ९८६९२०७५१८ मा सम्पर्क गर्न सकिने आयोजक पक्षले जनाएको छ । अवार्डमा भाषा भाषीका गीत संगीतलाई पनि प्राथमिकतामा राखिएको छ ।

 

तपाईको प्रतिक्रिया