काठमाण्डौ असोज ०६ – हरेक बर्ष जसो बिजया दशमी तथा दिपावलीलाई लक्षित गर्दै यो बर्ष पनि बिभिन्न गीत संगीतहरु बजारमा आउन थालिसकेका छन् । जब संचार माध्यममा यी र यस्ता दशैं तिहार लक्षित गीत बज्न थाल्छन, त्यस पछी चाडपर्व भित्रिएको अनुभूति जो कोहीलाई हुने गर्दछ । यसैलाई मध्यनजर गर्दै कटुवाल मिडिया प्रालिले भर्खरै मात्र दशैँ गीत “ए आमा” बोलको गीत नेपाली सांगीतिक बजारमा भित्र्याएको छ ।

हुने खानेहरुलाई दशैँ निकै हर्ष उल्लासमय हुने नै भयो तर हुँदा खानेहरुका लागि दशैँ दशा बनेर आउँदा,  विभिन्न गीत संगीतले त्यो अनुभूतिलाई बिर्साउने गर्दछ । माथि उल्लेखित गीतले पनि आम श्रमजीबी वर्गहरुलाई मलमको रुपमा काम गर्ने छ भन्ने कुरामा बिस्वाश गर्न सकिन्छ ।

अशिम कुमार कटुवाल र सरिता श्रेष्ठको सुमधुर स्वर द्वारा सुसजित गीतलाई लय अशिम कुमार तयार पारेका हुन् भने शब्द अहिलेका लोकप्रिय सर्जक शम्भु नेपाल र थेगो तोरण बस्नेतले भरेका छन् । यस गीतको म्युजिक भिडियो निकै घत लाग्दो बनेको छ । भिडियोमा रश्मि भट्ट, मनोज कार्की, नमुना दाहाल र सुर्य श्रेष्ठको मन लोभ्याउने अभिनय सजिएको छ ।

भिडियोलाई निर्देशन प्रकाश तामाङ्ग राज ले गरेका हुन् भने छायांकन मरुभूमि नारायण र सम्पादन संगीत बानियाँले गरेका छन् । “ए आमा” बोलको दशैँ गीतको म्युजिक भिडियो लाई अशिम कुमार कटुवाल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया