काठमाण्डौ कार्तिक २६ – बिभिन्न लोक तथा दोहोरी गीत संगीतबाट ख्याती कमाउन सफल लोकप्रिय गायक दिपक ढकालको पछिल्लो लोक दोहोरी गीत “पिरती लाम  भन्छे मलाई” भर्खरै मात्र सार्बजनिक भएको छ ।  दिपकको यस अगिका गीतहरुमा बुहारी चाहिसक्यो, बेली र चमेली, हो र ए, धन काटेर निन, बाटो भिरालो, भोटे कुकुर लगाएतका गीतहरु अहिले पनि उत्तिकै चर्चामा रहेका छन्  । व्यवसायिकता भन्दा पनि मौलिक र स्थरीयतालाई ध्यानमा राख्ने उनले पछिल्लो गीतमा कुनै कमि महसुस हुन नदिने गरी काम सम्पन्न गरेका छन् ।

माथि उल्लेखित गीतमा लय गोबिन्द पंगेनीले भरेका हुन् भने शब्द बिरेन्द्र ढकालको रहेको छ । समिक्षा अधिकारी र दिपक ढकाल द्वारा स्वर बद्ध “पिरती लाम भन्छे मलाई” बोलको गीतको म्युजिक भिडियोमा दुर्गेश थापा र रेश्मा के सी को आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई कोरिग्राफी तथा निर्देशन शिब बि.क ले गरेका हुन् भने छायांकन अजय रेग्मी र सम्पादन पदम सुबेदीले गरेका छन् ।

यस गीतका प्रस्तुकर्ता एवं गायक दिपक ढकालले पहिलेका गीतलाई जसरी सफल बनाइदिनु भयो यस गीतलाई पनि उत्तिकै रुपमा माया गरिदिनुहुन सम्पूर्ण गीत संगीतका अनुरागीहरु माझ अनुरोध गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

 

तपाईको प्रतिक्रिया