काठमाडौं -दुई दशक फोटोग्राफी मार्फत आफ्नो पहिचान बनाउदै आएका चर्चित फोटोग्राफर कुबेर तमाङग अब म्युजिक भिडियो निर्माण तथा निर्देशन तर्फ पनि लागेका छन । हरेक म्यागजिन, साप्ताहिक पत्रिका र हरेक फोटोसुट लगायतका कामको राम्रो अनुभव बटुलिसकेका तमाङगले हालै निर्देशन गरेको म्युजिक भिडियो केही दिनमै सार्वजनिक हुने क्रममा छ ।
भिडियोमा अफ्सान तमाङग, शुष्मा तमाङगको अभिनय, बिशाल थापाको छांयाकन, सनम मगरको सम्पादन तथा कलरिङ्ग, दिया रिजालको मेकअप रहेको छ भने प्रोडक्सन अभी श्रेष्ठको रहेको छ ।
कृष्ण प्रजापतिको निर्माण रहेको यस् भिडियोमा रक्की लामाको स्वर बिक्रम तमाङगको संगीत, अरुणा सम्बाङपेको शब्द, बिशन मानन्धरको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ्ग योगेश काजीको रहेको छ ।
फिटोग्राफी छाडेर भिडियोतर्फ लागेको हैन, आफ्नो अनुभव बजारमा ल्याउने कोसिस गरेको मात्र हुँ ।” फोटोग्राफी भन्दा म्युजिक भिडियो निर्देशनमा नाम र दाम देखेर हो कि? भन्ने प्रश्नमा तामाङले “पैसा कृयशनमा हुदैन कमाउनलाई, कला क्षेत्रमा लगिन्न” भन्ने कुरा बताउनु भयो ।
भिडियोको फर्स्ट लूक सार्वजनिक् गरिसकेका छौं सम्भवत छिट्टै यही हप्तामै भिडियो पनि सार्वजनिक गर्नेछौ । तामाङगले बताउनु भयो ।
आफ्नो सबै सहयोगी हातहरु र आफुलाई विश्वास गरेर यती ठुलो जिम्मा दिएकोमा सम्पूर्ण टिमप्रति धन्यवाद व्यक्त गरे साथै भिडियो सार्वजनिक पश्चात सम्पूर्ण भगवानरुपी दर्शक श्रोता, सञ्चारकर्मीले पनि राम्रै साथ सहयोग प्रदान गर्नुहुन्छ भन्ने कुरामा आशावादी रहेको कुरा पनि भिडियोका निर्देशक कुबेर तमाङगले बताए ।