काठमाडौं – नेपाल चलचित्र कलाकार संघले सदस्यता दिने कार्य हाललाई स्थगित गरेको छ । चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खडकाको अध्यक्षतामा कार्तिक २५ गते बसेको कार्यकारिणी समितिको बैठकले संघले कलाकारहरूलाई प्रदान गर्दै आएको सदस्यता र सदस्य कलाकारहरूको निवेदन अनुसार प्रदान गर्दै आएको सिफारिश हाललाई स्थगित गर्ने निर्णय गरेको हो । साथै बैठकले हालसम्म सदस्यताका लागि परेको आवेदन माथि छानवीन गर्ने र सिफारिसमा केही बिदेशी नियोगबाट सदस्य कलाकारको बारेमा सोधनी भइ आएकोले संघ र कलाकारको गरिमालाई यथावत राख्नु जरूरी भएकाले सो सम्बन्धमा सम्बन्धित पक्षसँग पत्राचारगरी सत्य तथ्य पत्ता लगाउनु आबश्यक भएकाले हाललाई सिफारिशसमेत स्थगित गर्ने निर्णय गरेको हो भनि बताइएको छ ।

संघले कम्तिमा पाँच बटा ब्याबसायिक चलचित्रमा अनुबन्ध भएर काम गरेका कलाकारलाई साधारण सदस्य प्रदान गर्ने बिधानमा उल्लेख गरिएको छ । केही सदस्यताको आवेदन सम्बन्धमा उजुरीपरी बुझ्नु परेकाले संघले सदस्यताको बिषयमा हाल छानबिन गर्न लागेको हो ।

यसैगरी निर्माण प्रदर्शन र कलाकारको पेशागत उत्थानका लागि चलचित्र क्षेत्रलाई चलायमान बनाउन एकदिबसीय अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने पनि निर्णय गरेकोछ । उक्त समितिको संयोजक मा महासचिव चेतबहादुर सिंह राजा र सदस्य सचिवमा कोषाध्यक्ष सुनिल कटुवाल लाई मनोनयन गरिएको छ । समिति एघार सदस्यीय रहनेछ । सदस्यता र सिफारिसको स्थगनले कलाकारहरूमा पर्न जाने असुबिधाका लागि संघ क्षमा प्रार्थना गरेको कुरा नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले जनाउनुभएको छ ।

हेर्नुहोस प्रेस विज्ञप्ती

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडकाको अध्यक्षतामा कार्तिक २५ गते बसेको कार्यकारिणी समितिको बैठकले संघले कलाकारहरूलाई प्रदान गर्दै आएको सदस्यता र सदस्य कलाकारहरूको निवेदन अनुसार प्रदान गर्दै आएको सिफ़ारिश हाललाई स्थगित गर्ने निर्णय गरेकोछ ।साथै बैठकले हाल सम्म सदस्यताका लागि परेको आवेदन माथि छानवीन गर्ने र सिफारिसमा केही बिदेशी नियोगबाट सदस्य कलाकारको बारेमा सोधनी भै आएकोले संघ र कलाकारको गरिमालाई यथावत राख्नु जरूरी भएकाले सो सम्बन्धमा सम्बन्धित पक्षसंग पत्राचार गरी सत्य तथ्य पत्ता लगाउनु आबश्यक भएकाले हाललाई सिफ़ारिश समेत स्थगित गर्ने निर्णय गरेको हो ।संघले कम्तिमा ५ बँटा ब्यबशायिक चलचित्रमा अनुबन्ध भएर काम गरेका कलाकारलाई साधारण सदस्य प्रदान गर्ने बिधानमा उल्लेख गरिएको छ ।केही सदस्यताको आवेदन सम्बन्धमा उजुरी परि बुझ्नु परेकाले संघले सदस्यताको बिषयमा छानबिन गर्न लागेको हो ।
यसैगरी निर्माण प्रदर्शन र कलाकारको पेशागत उत्थानका लागि चलचित्र क्षेत्रलाई चलायमान बनाउन एकदिबसीय अन्तरक्रिया कार्यक्रम संचालन गर्ने पनि निर्णय गरेकोछ । उक्त समितिको संयोजक मा माहासचिब चेत बहादुर सिंह राजा र सदस्य सचिवमा कोषाध्यक्ष सुनिल कटुवाल लाई मनोनयन गरिएको छ । समिति एघार सदस्यीय रहनेछ ।
सदस्यता र सिफारिसको स्थगनले कलाकारहरूमा पर्न जाने असुबिधाका लागि क्षमा प्रार्थी छौं ।

-मोहन निरौला
उपाध्यक्ष तथा प्रबक्ता
नेपाल चलचित्र कलाकार संघ(FAAN)

तपाईको प्रतिक्रिया