काठमाडौँ – नेपाली काँग्रेस धादिङ क्षेत्र नं २(ख) को केन्द्रिय महाधिवेशन प्रतिनिधी (जनजाति) बाट युवा नेत्री शान्ता तामाङले उम्मेद्वारी दिने भएकी छिन ।

पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत आगामी मंसीर ६ गते हुन लागेको क्षेत्रीय अधिवेशनमा नेपाली काँग्रेस धादिङ क्षेत्र नं २ (ख) को केन्द्रिय महाधिवेशन प्रतिनिधी (जनजाति) काे तर्फबाट शान्ता तामाङले उम्मेद्वारी दिने घोषणा गरेकी हुन् । सामाजिक कार्यमा अग्रसर,बहुमुखी प्रतिभाकी धनी नेपाली कांग्रेसकी नेत्री शान्ता तामाङ जुझारू र सक्रिय महिला नेत्रीका रूपमा परिचित हुनुहुन्छ।

नेपाली कांग्रेसको महासमिति सदस्य तथा केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सरकारी तथा गैर सरकारी संस्था बिषयगत समिति बिषय बिज्ञ समेत रहेकी उनि निडर तथा स्पष्ट बक्ताको रुपमा परिचित छिन। राजनीतिसँगै समाजसेवामा पनि उत्तिकै सक्रिय शान्ता धादिङमा अग्रणीको युवा नेत्रीको चर्चित छिन। पार्टीका सम्पूर्ण तह तप्कामा रहेका साथिहरु संग साथ तथा सहयोगको अपेक्षा राख्दै अत्याधिक बहुमतले जिताउन समेत आग्रह गरेकी छिन।

तपाईको प्रतिक्रिया